काठमाडौं। लगातार नवौं पटक इटालियन सिरी ‘ए’ को उपाधि जित्ने लक्ष्यमा युभेन्टस गएराति सासउलोसँग ३–३ को बराबरीमा रोकिएको छ। बराबरी खेल्नुका बाबजुद युभेन्टस दोस्रो स्थानको एटलान्टाभन्दा सात अंकले अगाडि छ। एटलान्टाले ३० असार राति ब्रेससियालाई ६–२ ले पराजित गरेको थियो। लिगमा पाँच खेल बाँकी हुँदा युभेन्टस तेस्रो स्थानको लाजियोभन्दा आठ अंकले अगाडि छ।
युभेन्टसले लिगमा विजय हासिल नगरेको यो लगातार तेस्रो खेल हो। यसअघि एटलान्टासँग २–२ को बराबरीमा रोकिएको थियो भने एसी मिलानसँग ४–२ ले पराजित भएको थियो। गएराति युभेन्टसले शुरूमै २–० को अग्रता लिएर पनि जोगाउन सकेन। ड्यानिलोले छैटौं मिनेटमा गरेको गोलमा युभेन्टसले अग्रता लिएको थियो। त्यसको ६ मिनेट नबित्दै गोन्जालो हिग्विनले अग्रता दोब्बर बनाएका थिए।
२९औं मिनेटमा फिलिप डिजुरिसिचले गरेको गोलबाट सासउलोले पुनरागमन गर्यो। ५१औं मिनेटमा डोमेनिको बेरार्दीले बराबरी गोल फर्काए। त्यसको तीन मिनेट नबित्दै फ्रान्सेसको कापुटोले गरेको गोलमा सासउलोले अग्रता लियो। ६४औं मिनेटमा एलेक्स सान्ड्रोले बराबरी गोल फर्काएपछि युभेन्टस अंक बाड्न बाध्य भयो।
" /> काठमाडौं। लगातार नवौं पटक इटालियन सिरी ‘ए’ को उपाधि जित्ने लक्ष्यमा युभेन्टस गएराति सासउलोसँग ३–३ को बराबरीमा रोकिएको छ। बराबरी खेल्नुका बाबजुद युभेन्टस दोस्रो स्थानको एटलान्टाभन्दा सात अंकले अगाडि छ। एटलान्टाले ३० असार राति ब्रेससियालाई ६–२ ले पराजित गरेको थियो। लिगमा पाँच खेल बाँकी हुँदा युभेन्टस तेस्रो स्थानको लाजियोभन्दा आठ अंकले अगाडि छ।युभेन्टसले लिगमा विजय हासिल नगरेको यो लगातार तेस्रो खेल हो। यसअघि एटलान्टासँग २–२ को बराबरीमा रोकिएको थियो भने एसी मिलानसँग ४–२ ले पराजित भएको थियो। गएराति युभेन्टसले शुरूमै २–० को अग्रता लिएर पनि जोगाउन सकेन। ड्यानिलोले छैटौं मिनेटमा गरेको गोलमा युभेन्टसले अग्रता लिएको थियो। त्यसको ६ मिनेट नबित्दै गोन्जालो हिग्विनले अग्रता दोब्बर बनाएका थिए।
२९औं मिनेटमा फिलिप डिजुरिसिचले गरेको गोलबाट सासउलोले पुनरागमन गर्यो। ५१औं मिनेटमा डोमेनिको बेरार्दीले बराबरी गोल फर्काए। त्यसको तीन मिनेट नबित्दै फ्रान्सेसको कापुटोले गरेको गोलमा सासउलोले अग्रता लियो। ६४औं मिनेटमा एलेक्स सान्ड्रोले बराबरी गोल फर्काएपछि युभेन्टस अंक बाड्न बाध्य भयो।
">