काठमाडौं। सल्यान जिल्ला खेलकुद विकास समिति एथलेटिक्स सहायक प्रशिक्षक रविनकुमार राईलाई स्वास्थ्य उपचारका लागि आर्थिक सहयोग प्रदान गरिएको छ।
नेपाल एथलेटिक्स संघले राईलाई ६० हजार रूपैयाँ आर्थिक सहयोग गरेको हो।
३० हजार नगद र बाँकी रकम बराबरको चेक राईलाई हस्तान्तरण गरिएको राष्ट्रिय खेलकुद परिषद (राखेप) जनाएको छ।
संघका तर्फबाट सचिव आरके विष्टले राईलाई रकम हस्तान्तरण गरेका हुन्। राई हाल भक्तपुरको ताथलीस्थित क्यान्सर अस्पतालमा उपचाररत छन्।
त्यस्तै पूर्व बक्सिङ खेलाडी दीपा क्षेत्रीले मिर्गौला रोगबाट पीडित शिक्षक खुशबहादुर थापालाई आर्थिक सहयोग उपलब्ध गराएकी छिन्।
हाल मकाउमा कार्यरत दीपाले लालबजार निवासी थापालाई ४० हजार रूपैयाँ सहयोग गरेकी हुन्। दीपाको भाई रवि महर्जनले लालबजारस्थित थापाकै निवासमा पुगेर रकम हस्तान्तरण गरेका थिए। जनता उच्च माविमा कार्यरत ६६ वर्षीया थापाको दुवै मिर्गौला काम गर्न छाडेकाे बताइएको छ।
उसुका अन्तर्राष्ट्रिय खेलाडी स्वर्गीय वीरमान वाइवाको परिवारलाई पनि आर्थिक सहयोग गरिएको छ। नेपाल उसु महासंघका पदाधिकारीबाट संकलित ८० हजार रकम अध्यक्ष वीरबहादुर लामा र महासचिव लाक्पा शेर्पाले बुधबार काभ्रेमै पुगेर वीरमानका परिवारलाई हस्तान्तरण गरिएको हो।
" /> काठमाडौं। सल्यान जिल्ला खेलकुद विकास समिति एथलेटिक्स सहायक प्रशिक्षक रविनकुमार राईलाई स्वास्थ्य उपचारका लागि आर्थिक सहयोग प्रदान गरिएको छ।

">