काठमाडाैं। नेपालका अन्तर्राष्ट्रिय निर्णायक अशोक खड्का प्रथम मलेसियन ओपन अन्तर्राष्ट्रिय स्पोर्ट्स च्यालेन्ज कपमा उत्कृष्ट निर्णायक घोषित भएका छन्।
उक्त प्रतियोगितामा नेपालसहित भारत, मलेसिया, इन्डोनेसिया र रोमानियाका निर्णायक सहभागी थिए।
प्रतियोगितामा तेक्वान्दोको पुम्से विधातर्फ सहभागी नेपालका आठ खेलाडीले पदक प्राप्त गरेका छन्।
नेपालले एक स्वर्ण, चार रजत र तीन कांस्य पदक प्राप्त गरेको हो।
मधुसूदन सापकोटाले स्वर्ण जितेका हुन्। उनले ४० वर्षमाथि उमेर समूहमा स्वर्ण जितेको नेप्लिज तेक्वान्दो एकेडेमी (एनटीए) का अध्यक्षसमेत रहेका खड्काले बताए।
यस्तै नेपालकी प्रगति कुइँकेलले १३-१४ उमेर समूह तथा आयुश बोहराले १५-१७ उमेर समूहतर्फ रजत जितिन्।
यसैगरी १०-१२ उमेर समूहमा भिजन तामाङ र यु-९ तर्फ प्रवीण श्रेष्ठले कांस्य जिते।
यसैगरी १८-३९ उमेर समूहमा पुष्पप्रसाद गौतम र चन्दु शाहीले रजत जिते।
महिला १५-१७ उमेर समूहमा अस्मिता नगरकोटीले कांस्य जिते।
मंगलबार सम्पन्न प्रतियोगितामा १२ देशका ३७५ खेलाडीको सहभागिता थियो।
" /> काठमाडाैं। नेपालका अन्तर्राष्ट्रिय निर्णायक अशोक खड्का प्रथम मलेसियन ओपन अन्तर्राष्ट्रिय स्पोर्ट्स च्यालेन्ज कपमा उत्कृष्ट निर्णायक घोषित भएका छन्।उक्त प्रतियोगितामा नेपालसहित भारत, मलेसिया, इन्डोनेसिया र रोमानियाका निर्णायक सहभागी थिए।

">