टी-२० वरीयतामा नेपाल १२औं स्थानमा

काठमाडौं। अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी) टी-२० वरीयतामा नेपाल १२औं स्थानमा यथावत छ।

युएईमा सम्पन्न भएको टी-२० विश्वकपको ग्लोबल क्वालिफायरमा सहभागि नभएपनि अन्य टीमको प्रदर्शनको आधारमा नेपालको वरीयता कायम रहेको हो।

आइसीसीको टेष्ट खेल्ने फुल मेम्बर १२ मध्ये आयरल्याण्ड टी-२० वरीयतामा नेपालभन्दा पछि छ।

यस्तै एसोसिएट देशमध्ये शीर्ष स्थानमा रहेको नेपालको २१ खेलबाट १८९ रेटिङ छ भने ३ हजार ९६२ पोइन्ट छ।

वरीयतामा नेपाल पछाडि स्कटल्याण्ड र आयरल्याण्ड छन्।

नेपालले वरीयतामा अगाडि रहेपनि यसपटक ग्लोबल क्वालिफायर भने खेल्न पाएन। एसियन रिजनल क्वालिफायरमै असफल भएपछि नेपाल ग्लोबल क्वालिफारमा छनोट हुन सकेन।

वरीयतामा पाकिस्तान शीर्ष स्थानमै यथावत रहेको छ भने इंग्ल्याण्ड दोस्रो, अष्ट्रेलिया तेस्रो, दक्षिण अफ्रिका चौथो र भारत पाँचौ स्थानमा छन्।

नेपालभन्दा पछि रहेका ६ टिम टी-२० विश्वकपमा

वरीयतामा नेपालभन्दा पछि रहेका ६ टिमले अर्को वर्ष अष्ट्रेलियामा टी-२० विश्वकप खेल्दैछन्। युएईमा भएको ग्लोबल क्वालिफारबाट ६ राष्ट्रले विश्वकपमा स्थान बनाएका हुन्।

१४ टिमले प्रतिस्पर्धा गरेको क्वालिफायरबाट नेदरल्याण्ड्स, पपुवा न्यू गिनी, आयरल्याण्ड, नामिबिया, स्कटल्याण्ड र ओमन विश्वकपमा छनोट भएको हो।

क्वालिफायरको उपाधि जितेको नेदरल्याण्ड्स पनि नेपालभन्दा वरीयतामा पछाडि छ।

वरीयतामा शीर्ष २० मा रहेका मध्ये जिम्बावे (११औं) नेपाल (१२औं) युएई (१५औं) र हङकङ (२०औं) स्थानमा रहेका टीम विश्वकपमा छनोट हुन सकेनन्।

यस्तो छ शीर्ष २० मा रहेका टीम:

१, पाकिस्तान

२, इंग्ल्याण्ड

३, अष्ट्रेलिया

४, दक्षिण अफ्रिका

५, भारत

६, न्यूजिल्याण्ड

७, श्रीलंका

८, अफगानिस्तान

९, बंगलादेश

१०, वेष्टइन्डिज

११, जिम्बावे

१२, नेपाल

१३, स्कटल्याण्ड

१४, आयरल्याण्ड

१५, युएई

१६, पपुवा न्यू गिनी

१७, नेदरल्याण्ड्स

१८, ओमन

१९, नामिबिया

२०, हङकङ

प्रतिक्रिया दिनुहोस्