काठमाडौं। नेप्लिज तेक्वान्दो एकेडेमी (एनटीए) का खेलाडीले प्रथम मलेसियन ओपन अन्तर्राष्ट्रिय इस्पोर्ट्स च्यालेन्जमा थप दुई रजत र एक कांस्य पदक जितेका छन्।
प्रतियोगिताको अन्तिम दिन आइतबार पुम्सेतर्फ पुरूष १८ देखि ३९ वर्षको उमेर समूहमा पुष्पप्रसाद गौतम र महिलामा चन्दु शाहीले रजत पदक जिते। महिलाको १५ देखि १७ वर्ष उमेर समूहमा अस्मिता नगरकोटीले कांस्य पदक जितिन्।
यसअघि नेपालका तर्फबाट मधुसुदन सापकोटाले पुरूष ४० वर्षमाथिको उमेर समूहमा स्वर्ण तथा प्रगति कुइकेलले महिला १३ देखि १४ वर्ष तथा आयुश बोहराले पुरूष १५ देखि १७ वर्ष उमेर समूहमा रजत पदक जितेको राष्ट्रिय खेलकुद परिषद्ले जनाएको छ।
यसैगरी पुरूष १० देखि १२ वर्षको उमेर समूहमा भिजन तामाङ र नौ वर्षमुनिको उमेर समूहमा प्रवीण श्रेष्ठले कांस्य पदक जितेका थिए।