काठमाडौं। साउथह्याम्पटनका वैकल्पिक खेलाडी माइकल ओबाफेमीले इन्जुरी समयमा गोल गरेपछि म्यानचेस्टर युनाइटेड गएराति २–२ बराबरीमा रोकिएको छ। बराबरीसँगै युनाइटेडले इङ्लिस प्रिमियर लिगको शीर्ष चारमा उक्लने मौका गुमाएको छ। हिजो कोर्ट आफ अर्बिट्रेसन फर स्पोर्टस् (कास) ले म्यानचेस्टर सिटीमाथि लागेको प्रतिबन्ध फुकुवा गरिदिएपछि अर्को सिजन च्याम्पियन्स लिग खेल्न शीर्ष चारमा पर्नु पर्ने भएको छ।
यसअघि युरोपियन फुटबल महासंघले सिटीलाई वित्तिय नियम उल्लङघन गरेको भन्दै युरोपियन प्रतियोगिता खेल्नबाट दुई वर्षका लागि प्रतिबन्ध लगाएको थियो। अन्तिम मिनेट सम्हालिन नसक्दा युनाइटेडले लिगको तेस्रो स्थानमा उक्लने मौका गुमायो।

लिगमा तीन खेल बाँकी हुँदा युनाइटेड ५९ अंकका साथ पाँचौं स्थानमा छ। जुन चौंथो स्थानको लेस्टर सिटीसँग अंक बराबरी हो भने तेस्रो स्थानको चेल्सीभन्दा एक अंकले पछाडी हो। साउथह्याम्पटन भने ४५ अंकका साथ १२औं स्थानमा छ।
स्टुवार्ट आर्मस्ट्रोङले १२औं मिनेटमा गरेको गोलमा साउथह्याम्पटनले १२औं मिनेटमा अग्रता लिएको थियो। २०औं मिनेटमा मार्कुस राशफोर्डले बराबरी गोल फर्काए। त्यसको तीन मिनेट नबित्दै एन्थोनी मार्सियालले गरेको गोलमा युनाइटेडले अग्रता लिएको थियो। पाँच मिनेट थप गरिएको समयको अन्तिम मिनेटमा ओबाफेमीले बराबरी गोल फर्काएपछि युनाइटेड एक अंकमा चित्त बुझाउन बाध्य भएको थियो।
" /> काठमाडौं। साउथह्याम्पटनका वैकल्पिक खेलाडी माइकल ओबाफेमीले इन्जुरी समयमा गोल गरेपछि म्यानचेस्टर युनाइटेड गएराति २–२ बराबरीमा रोकिएको छ। बराबरीसँगै युनाइटेडले इङ्लिस प्रिमियर लिगको शीर्ष चारमा उक्लने मौका गुमाएको छ। हिजो कोर्ट आफ अर्बिट्रेसन फर स्पोर्टस् (कास) ले म्यानचेस्टर सिटीमाथि लागेको प्रतिबन्ध फुकुवा गरिदिएपछि अर्को सिजन च्याम्पियन्स लिग खेल्न शीर्ष चारमा पर्नु पर्ने भएको छ।यसअघि युरोपियन फुटबल महासंघले सिटीलाई वित्तिय नियम उल्लङघन गरेको भन्दै युरोपियन प्रतियोगिता खेल्नबाट दुई वर्षका लागि प्रतिबन्ध लगाएको थियो। अन्तिम मिनेट सम्हालिन नसक्दा युनाइटेडले लिगको तेस्रो स्थानमा उक्लने मौका गुमायो।

">