काठमाडौं। कास्की जिल्ला फुटबल संघ (एन्फा)का अध्यक्ष मिलन गुरूङबाट भएको आर्थिक अनियमितताबारे छानविन गर्न गठित समितिले अनुसन्धान सम्पन्न गरे पनि प्रतिवेदन गोप्य राखेको छ।
सोमबार समितिले अनुसन्धान सम्पन्न भएको बताएको थियो। तर, प्रतिवेदन भने गोप्य राखिएको छानविन समितिका संयोजक बीरबहादुर खड्काले बताए। उनले सोमबार मनकामना कपको आम्दानी खर्च सार्वजनिक गरेका थिए।
“हामीले छानविन गरेर प्रतिवेदन तयार गरेका छौं। यो प्रतिवेदन हामी तत्काल सार्वजनिक गर्न सक्दैनौं। पहिला एन्फा केन्द्रीय कार्यसमितिमा बुझाउँछौं। त्यसपछि कार्यसमितिले प्रतिवेदन अध्ययन गरेर निर्णय लिनेछ,” एन्फा उपाध्यक्षसमेत रहेका खड्काले देखापढीसँग भने।
कास्की जिल्ला प्रशासन कार्यालयले गत फागुनमा कास्की जिल्ला फुटबल संघमा भएको अनियमितताबारे १७ बुँदे प्रश्नसहित स्पष्टीकरण सोधेपछि एन्फाले छानविन समिति बनाएको थियो।
यसअघि एन्फाले केन्द्रीय सदस्य रन्तकुमार श्रेष्ठको संयोजकत्वमा तीन सदस्यीय छानविन समिति बनाएको थियो। तर, उक्त समितिले प्रतिवेदन बुझाउन सकेको थिएन। उक्त समितिका संयोजक रत्नकुमार श्रेष्ठले स्वास्थ्य अवस्था कमजोर रहेको बताउँदै राजीनामा दिएका थिए।
असार २ गते बसेको एन्फाको आपतकालीन कार्यसमिति बैठकले खड्काको संयोजकत्वमा आनन्द रन्जित र नारायण अधिकारी सम्मिलित तीन सदस्यीय नयाँ छानविन समिति गठन गरेको थियो।
समितिले २०७५ बाट आयोजना भएका प्रतियोगिताको बिल भरपाई मगाई छानविन शुरू गरेको थियो। २०७५ मा आयोजना भएको मनकामना कप, जिल्ला लिग, जिल्लास्तरीय अन्तरविद्यालय फुटबल प्रतियोगिता, प्रदेशस्तरीय अन्तरविद्यालय फुटबल प्रतियोगिता तथा पुरूष र महिला अन्तरविद्यालय फुटबललगायतका प्रतियोगितामा छानविन गरिएको थियो।
छानविन समितिले सार्वजनिक गरेको मनकामना कपको आयव्यय विवरणमा प्रतियोगिता २९ लाख १७ हजार २९० रूपैयाँभन्दा बढी रकम नोक्सानमा रहेको देखिएको छ। प्रतियोगितामा ९२ लाख ९८ हजार १६४ रूपैयँँ खर्च भएको देखिएको छ। त्यसमा ६३ लाख ८० हजार ८७४ रूपैयाँ आम्दानी भएको छ।
प्रतियोगिताका विभिन्न सेवा प्रदायकलाई २४ लाख ९८ हजार ९७४ रूपैयाँ तिर्न बाँकी रहेको देखिएको छ।
छानविन समितिका संयोजक खड्काले मनकामना कपबाहेक अन्य प्रतियोगिता भने नाफामा देखिएको बताए।
अध्यक्ष गुरूङ गत माघ १० गते ठगी तथा बैकिङ कसुरसहित तीन वटा मुद्दामा पक्राउ गरेका थिए। त्यसयता एन्फा कास्कीमाथि छानविन गर्नुपर्ने माग बढेको थियो।
माघ १ गते गण्डकी प्रदेशका सांसद दीपक मनाङेले अध्यक्ष गुरुङलाई मुख्यमन्त्री कप फुटबल प्रतियोगिताको विषयमा विवाद हुँदा झापड हानेका थिए।
माघ ७ गतेबाट शुरू भएको मुख्यमन्त्री कप फुटबल प्रतियोगिताको उद्घाटनपूर्व मनाङेले मनाङको टिममाथि अन्याय गरेको भन्दै गुरूङमाथि हातपात गरेको बताएका थिए।
" /> काठमाडौं। कास्की जिल्ला फुटबल संघ (एन्फा)का अध्यक्ष मिलन गुरूङबाट भएको आर्थिक अनियमितताबारे छानविन गर्न गठित समितिले अनुसन्धान सम्पन्न गरे पनि प्रतिवेदन गोप्य राखेको छ।“हामीले छानविन गरेर प्रतिवेदन तयार गरेका छौं। यो प्रतिवेदन हामी तत्काल सार्वजनिक गर्न सक्दैनौं। पहिला एन्फा केन्द्रीय कार्यसमितिमा बुझाउँछौं। त्यसपछि कार्यसमितिले प्रतिवेदन अध्ययन गरेर निर्णय लिनेछ,” एन्फा उपाध्यक्षसमेत रहेका खड्काले देखापढीसँग भने।

">