काठमाडौं। सन ह्युङ मिनको उत्कृष्ट प्रदर्शनप्रेरत टोटेनह्यामले गएराति इङ्लिस प्रिमियर लिगमा आर्सनललाई २-१ ले पराजित गरेको छ। जितसँगै जोसे माउरिन्होको टोटेनह्यामले युरोपा लिग खेल्ने आशा कायमै राखेको छ।
एलेक्जेन्डर लाकाजेटको गोलबाट आर्सनलले १६औं मिनेटमा अग्रता लिएको थियो। त्यसको तीन मिनेट नबित्दै सनले बराबरी गोल फर्काए। सनले अर्को गोलमा पनि अवसर सिर्जना गरिदिएका थिए। खेल सकिन ९ मिनेट बाँकी रहँदा सनको पासमा टोबे एल्डरविर्डले गरेको गोल निर्णायक बनेको थियो।
जितसँगै आठौं स्थानमा रहेको टोटेनह्यामले ३५ खेलबाट ५२ अंक जोडेको छ। जुन छैटौं स्थानको उल्भरह्याम्पटनको भन्दा तीन अंकले पछाडी हो। समान खेलबाट आर्सनलको ५० अंक छ। आर्सनल नवौं स्थानमा छ। उल्भरह्याम्पटनले गएराति नै एभर्टनलाई ३–० ले हराउँदै महत्वपूर्ण तीन अंक जोडेको हो। एभर्टन भने ४५ अंकका साथ ११औं स्थानमा छ।
" /> काठमाडौं। सन ह्युङ मिनको उत्कृष्ट प्रदर्शनप्रेरत टोटेनह्यामले गएराति इङ्लिस प्रिमियर लिगमा आर्सनललाई २-१ ले पराजित गरेको छ। जितसँगै जोसे माउरिन्होको टोटेनह्यामले युरोपा लिग खेल्ने आशा कायमै राखेको छ।एलेक्जेन्डर लाकाजेटको गोलबाट आर्सनलले १६औं मिनेटमा अग्रता लिएको थियो। त्यसको तीन मिनेट नबित्दै सनले बराबरी गोल फर्काए। सनले अर्को गोलमा पनि अवसर सिर्जना गरिदिएका थिए। खेल सकिन ९ मिनेट बाँकी रहँदा सनको पासमा टोबे एल्डरविर्डले गरेको गोल निर्णायक बनेको थियो।

">