काठमाडौं। नेपाेलीले प्रशिक्षक जेनारो गाटुसोकाे पूर्व क्लब एसी मिलानविरुद्ध सम्पन्न इटालियन सिरी ‘ए’ को खेलमा गएराति २-२ को बराबरी नतिजा निकालेको छ। गाटुसोले मिलान छोडेपछि पूर्व क्लबको सामना गरेको यो पहिलो पटक हो।
थियो हर्नान्डेजको गोलमा मिलानले २०औं मिनेटमा अग्रता लिएको थियो। जियोभानी डी लोरेन्जोले ३४औं मिनेटमा बराबरी गोल फर्काए।
६०औं मिनेटमा द्रिइस मार्टेन्सले गरेको गोलमा नेपोलीले अग्रता लिएको थियो। तर, ७३औं मिनेटमा फ्रांक केसेइले पेनाल्टीमा बराबरी गोल फर्काए।
बराबरीपछि नेपोली ५२ अंकका साथ छैटौं स्थानमा छ भने मिलान ५० अंकका साथ सातौं स्थानमा छ।
मिलानका पूर्व मिडफिल्डर गाटुसोले सान सिएरोको टोलीमा प्रशिक्षण पनि गरेका थिए। तर उनले गत सिजन मिलान छाडेपछि पूर्व क्लबविरुद्ध खेलेका थिएनन्।
खेल शुरू हुनुअघि मिलानका प्राविधिक निर्देशक पाउलो माल्दिनीले गटुसोलाई अंगालो हाल्दा भावुक माहोल बनेको थियो।
अन्य खेलमा जेनोवाले पुछारको क्बल स्पाललाई २-० ले पराजित गर्दै रेलिगेशन टार्ने सम्भावना कायम राखेको छ।
काग्लिएरी र लेसेले गोलरहित बराबरी खेल्दा फियोरेन्टिना र हेलास भेरोनाले १-१ को बराबरी खेले।
पर्मा र बोलोग्नाले २-२ को बराबरी खेल्दा साम्पडोरियाले युडिनेसलाई ३-१ ले हरायो।
" /> काठमाडौं। नेपाेलीले प्रशिक्षक जेनारो गाटुसोकाे पूर्व क्लब एसी मिलानविरुद्ध सम्पन्न इटालियन सिरी ‘ए’ को खेलमा गएराति २-२ को बराबरी नतिजा निकालेको छ। गाटुसोले मिलान छोडेपछि पूर्व क्लबको सामना गरेको यो पहिलो पटक हो।थियो हर्नान्डेजको गोलमा मिलानले २०औं मिनेटमा अग्रता लिएको थियो। जियोभानी डी लोरेन्जोले ३४औं मिनेटमा बराबरी गोल फर्काए।

">