काठमाडौं। डोमिनिक सोलान्केको दुई गोलप्रेरित बर्नमाउथले गएराति लेस्टर सिटीलाई ४–१ ले हराउँदै रेलिगेशनबाट जोगिने आशा कामयै राखेको छ। हारपछि लेस्टरको च्याम्पियन्स लिग खेल्ने लक्ष्य भने कमजोर बनेको छ। बर्नमाउथले ३५ खेलबाट ३१ अंक जोडेको छ। जुन रेलिगेशन भन्दा एक स्थान माथि रहेको वाटफोर्डभन्दा तीन अंकले पछि हो।
लिगमा अब ९ अंकको खेल बाँकी छ। रेलिगेशन भन्दा माथि रहेको वाटफोर्ड र वेष्ट ह्यामको समान ३४ अंक छ भने १५औं स्थानमा रहेको ब्राइटनको ३६ अंक छ। लेस्टर भने ५९ अंकका साथ चौंथो स्थानमा छ। जुन पाँचौं स्थानको म्यानचेस्टर युनाइटेड भन्दा एक अंकले मात्र माथि हो। एक खेल कम खेलेको युनाइटेडले आज राति साउथह्याम्पटनसँग प्रतिस्पर्धा गर्दैछ।
साउथह्याम्पटनलाई पराजित गरे युनाइटेड तेस्रो स्थानमा उक्लनेछ। तेस्रो स्थानमा रहेको चेल्सीको ६० अंक छ। जनवरी २०१९ मा लिभरपुलबाट बर्नमाउथ गएका सोनान्केको यो पहिलो गोल हो। बर्नमाउथबाट यसअघिका ३८ खेलमा सोलान्केले गोल गर्न सकेका थिएनन्।

लेस्टरले जेमी भार्डेको गोलबाट २३औं मिनेटमा अग्रता लिएको थियो। तर, दोस्रो हाफमा त्यही प्रदर्शन कायम राख्न नसक्दा लेस्टरले चार गोल खाएको थियो। ६६औं मिनेटमा जुनियर स्टेनिसलसले पेनाल्टीमा बराबरी गोल फर्काए। कालुम विल्सनलाई विलफ्रेड एडिडीले फाउल गरेपछि लेस्टरले पेनाल्टी अवसर पाएको थियो।
त्यसको एक मिनेट नबित्दै सोलान्केले गरेको गोलमा बर्नमाउथले अग्रता लियो। गोल भएपछि पोष्ट भित्रको बल लिने क्रममा लेस्टरका रक्षक कागलर सोयुन्कुले विल्सनलाई खुट्टाले हानेपछि रेफ्रीले उनलाई सिधै रातो कार्डको दर्शन गराएका थिए। ८३औं मिनेटमा जोनी इभान्सले आत्मघाती गोल गरेपछि बर्नमाउथले अग्रता बढाएको थियो। खेल सकिन तीन मिनेट बाँकी छँदा सोलान्केले अर्को गोल थपेपछि बर्नमाउथले महत्वपूर्ण तीन अंक पक्का गरेको थियो।
रेलिगेशन क्षेत्रमै रहेको अर्को टीम एस्टन भिल्लाले पनि क्रिष्टल प्यालेसलाई २-० ले पराजित गर्दै प्रियिमर लिगमा रहेने आशा कायमै राखेको छ। एस्टन भिल्लाका लागि दुवै गोल ट्रेजेगुएटले गरेका थिए। जितसँगै एस्टन भिल्लाको ३० अंक छ। जुन लिगमा ९ अंकको खेल बाँकी हुँदा रेलिगेशन क्षेत्र भन्दा एक स्थान माथि रहेको वाटफोर्डको भन्दा चार अंकले कम हो।
" /> काठमाडौं। डोमिनिक सोलान्केको दुई गोलप्रेरित बर्नमाउथले गएराति लेस्टर सिटीलाई ४–१ ले हराउँदै रेलिगेशनबाट जोगिने आशा कामयै राखेको छ। हारपछि लेस्टरको च्याम्पियन्स लिग खेल्ने लक्ष्य भने कमजोर बनेको छ। बर्नमाउथले ३५ खेलबाट ३१ अंक जोडेको छ। जुन रेलिगेशन भन्दा एक स्थान माथि रहेको वाटफोर्डभन्दा तीन अंकले पछि हो।लिगमा अब ९ अंकको खेल बाँकी छ। रेलिगेशन भन्दा माथि रहेको वाटफोर्ड र वेष्ट ह्यामको समान ३४ अंक छ भने १५औं स्थानमा रहेको ब्राइटनको ३६ अंक छ। लेस्टर भने ५९ अंकका साथ चौंथो स्थानमा छ। जुन पाँचौं स्थानको म्यानचेस्टर युनाइटेड भन्दा एक अंकले मात्र माथि हो। एक खेल कम खेलेको युनाइटेडले आज राति साउथह्याम्पटनसँग प्रतिस्पर्धा गर्दैछ।

">