काठमाडौं। इङ्ल्यान्डले चौथो दिन थप ३० रन जोड्ने क्रममा पाँच विकेट गुमाएपछि साउथह्याम्पटनमा जारी पहिलो टेष्ट वेष्ट इन्डिजको पकडमा रहेको छ।
ज्याक क्राउले ७६ तथा बेन स्टोक्सले ४६ रन बनाएर खेलिरहँदा खेल इङ्ल्यान्डको पक्षमा देखिएको थियो। तर, त्यसपछि लगातार विकेट गुमाएपछि खेल भ्रमणकारी वेष्ट इन्डिजको पक्षमा गएको हो।
जसोन होल्डरले कप्तान स्टोक्सलाई विकेटकिपर शेन डोरिचमार्फत क्याच गरेपछि इङ्ल्यान्डले निरन्तर अर्को चार विकेट गुमाएको थियो। त्यसपछि तिब्र गतिका बलर अलजारी जोसेफले क्राउले र जोस बट्लरलाई पवेलियनको बाटो देखाए।
अर्का तीब्र गतिका बलर शानोन गाब्रियलले आली पोपे र डोम बेसको विकेट लिएपछि वेष्ट इन्डिजको पक्षमा गएको हो।
इङ्ल्यान्डले १५/० को स्थितिबाट चौथो दिन शुरू गरेको थियो। स्टोक्स र क्राउलेबाहेक ओपनर रोरी बर्न्सले ४२ तथा डोम सिबलेले ५० रन बनाएका थिए। जो डेनलीले २९ रन जोडे।
चौथो दिन सकिँदा इङ्ल्यान्ड २८४/८ को स्थितिमा छ। इङ्ल्यान्डले १७० को अग्रता लिएको छ। पहिलो इनिङमा इङ्ल्यान्डले २०४ रन बनाएको थियो भने वेष्ट इन्डिजले ३१८ रन बनाएको थियो।
चौथो दिन गाब्रियलले तीन विकेट लिए भने रोस्टन चेज र जोसेफले समान दुई विकेट लिए। होल्डरको नाममा एक विकेट रह्यो।
" /> काठमाडौं। इङ्ल्यान्डले चौथो दिन थप ३० रन जोड्ने क्रममा पाँच विकेट गुमाएपछि साउथह्याम्पटनमा जारी पहिलो टेष्ट वेष्ट इन्डिजको पकडमा रहेको छ।ज्याक क्राउले ७६ तथा बेन स्टोक्सले ४६ रन बनाएर खेलिरहँदा खेल इङ्ल्यान्डको पक्षमा देखिएको थियो। तर, त्यसपछि लगातार विकेट गुमाएपछि खेल भ्रमणकारी वेष्ट इन्डिजको पक्षमा गएको हो।

">