काठमाडौं। सेफिल्ड युनाइटेडसँग ३-० ले पराजित भएपछि चेल्सीको अर्को सिजन च्याम्पियन्स लिग खेल्ने लक्ष्यमा ठूलो धक्का लागेको छ।
प्रिमियर लिगमा ११ महीनाको पर्खाईपछि सेफिल्ड युनाइटेडका डेभिड म्याकगोलड्रिकले हिजो दुई गोल गरे। एक हजार ६१५ मिनेट पछि शनिबार १८औं मिनेटमा गोल गर्दै सेफिल्डलाई अग्रता दिएका थिए।
ओली म्याकबुर्नीले ३३औं मिनेटमा अग्रता दोब्बर बनाए। म्याकगोलड्रिकले ७७औं मिनेटमा अर्को गोल थपेपछि सेफिल्डले तीन अंक पक्का गरेको हो।
जितसँगै सेफिल्ड युनाइटेडले अर्को सिजन युरोपा लिग खेल्ने सम्भावना कायम राखेको छ। सेफिल्ड युनाइटेड ५४ अंकका साथ छैटौं स्थानमा छ। जुन सातौं स्थानको उल्भरह्याम्पटनभन्दा दुई अंकले माथि हो। तथापी उल्भरह्याम्पटनले एक खेल कम खेलेको छ।
हारका बाबजुत चेल्सी भने ६० अंकका साथ तेस्रो स्थानमा यथावत छ। जुन पाँचौ स्थानको म्यानचेस्टर युनाइटेडभन्दा दुई अंकले मात्र माथि हो।
युनाइटेडले भोलि राति साउथह्याम्पटनलाई पराजित गरे चेल्सीले एक अंकले पछि पार्नेछ। चौथो स्थानको लेस्टरले ५९ अंक जोडेको छ। लेस्टरले आज राती बर्नमाउथसँग प्रतिस्पर्धा गर्नेछ।
" /> काठमाडौं। सेफिल्ड युनाइटेडसँग ३-० ले पराजित भएपछि चेल्सीको अर्को सिजन च्याम्पियन्स लिग खेल्ने लक्ष्यमा ठूलो धक्का लागेको छ।प्रिमियर लिगमा ११ महीनाको पर्खाईपछि सेफिल्ड युनाइटेडका डेभिड म्याकगोलड्रिकले हिजो दुई गोल गरे। एक हजार ६१५ मिनेट पछि शनिबार १८औं मिनेटमा गोल गर्दै सेफिल्डलाई अग्रता दिएका थिए।

">