नेपाल यू-१९ फुटबल टीमको बिदाइ
काठमाडौं। इरानमा आयोजना हुने एएफसी यू-१९ च्याम्पियनशिप क्वालिफायर खेल्ने नेपाली यू-१९ टोलीलाई आज बिदाइ गरिएको छ।

अखिल नेपाल फुटबल संघ (एन्फा)ले आज इरान जाने नेपाली टोलीको बिदाइ गरेको हो।

छनोट ६ नाेभेम्बरबाट शुरु हुनेछ।

नेपाल समूह 'डी' मा आयोजक इरान, युएई र कीर्गिस्तानसँग खेल्नेछ।

नेपालले ६ नोभेम्बरमा युएईसँग पहिलो खेल खेल्नेछ।

यस्तै दोस्रो खेल घरेलु टोली इरानसँग ८ नोभेम्बर र अन्तिम खेल १० नोभेम्बरमा कीर्गिस्तानसँग खेल्नेछ।

समूहको शीर्ष स्थानमा रहने टोलीले फाइनल चरणमा स्थान बनाउने छन् ।

क्वालिफायरका लागि मुख्य प्रशिक्षक मेघराज केसीले २३ सदस्सीय टोली घोषणा गरिसकेका छन्।

यस्तै रेजिन सुब्बालाई कप्तानको जिम्मेवारी दिइएको छ भने विकास खवास उपकप्तान छन्।

यसअघि घरेलु मैदानमै साफ यू-१८ च्याम्पियनशिप खेलेका ब्रिजेश चौधरी, शिशिर लेखी तथा राष्ट्रिय टीमको क्लोज क्याम्पमा समेत रहिसकेको नितिन थापा भने यसपटक टीममा अटाउन सकेनन्।

नेपाली टीम :

गोलकिपर: विशाल सुनार, रोहित कार्की, पुजन होना

डिफेन्डर: विशाल बस्नेत, सन्दीप पौडेल, पदम भट्टराई, अशिम गुरुङ, नविन गुरुङ, रोशन दोङ, विकाश खवास, योगेश गुरुङ, निराजन महर्जन

मिडफिल्डर: दर्शन गुरुङ, रन्जन पुन, आकाश बुढा मगर, जय गुरुङ, मनिष थापा, अनिल महर्जन, दिनेश हेम्जन

फरवार्ड: मनिष डाँगी, राजिव लोप्चन, रेजिन सुब्बा (कप्तान), दिपेश आले मगर

प्रतिक्रिया दिनुहोस्