रेलिगेशनबाट जोगिने वाटफोर्डको आशा
काठमाडौं। ट्रोय डीनेले पेनाल्टीमा गरेको दुई गोलप्रेरित वाटफोर्डले शनिबार न्युक्यास युनाइटेडलाई २–१ ले हराउँदै प्रिमियर लिगमा रहने सम्भावना कायमै राखेको छ।

जितसँगै वाटफोर्ड रेलिगेशन क्षेत्रको बर्नमाउथ भन्दा ६ अंक माथि छ। एक खेल कम खेलेको बर्नमाउथले आइतबार चौथो स्थानको लेस्टरसँग प्रतिस्पर्धा गर्नेछ। न्युक्यासल भने ४३ अंकका साथ १३औं स्थानमा छ। शनिबारै वेष्ट ह्यामसँग ४–० ले पराजित भएपछि नर्विच सिटी रेलिगेशनमा परेको छ।

वाटफोर्डले एक शुन्यले पछि परेको स्थिति उल्टाएको हो। ड्वाइट गेलले गरेको गोलमा न्युक्यासलले २३औं मिनेटमा अग्रता लिएको थियो।

वाटफोर्डले दुबै गोल दोस्रो हाफमा गरेको थियो। डीनेले ५२औं मिनेटमा पेनाल्टीमा बराबरी गोल फर्काए। किको फेमेनियाले म्याट रिचेलाई फाउल गरेपछि वाटफोर्डले पेनाल्टी अवसर पाएको थियो।

खेल सकिन आठ मिनेट बाँकी हुँदा इस्माइला सारलाई जाभियर म्यानक्विलोले फाउल गरेपछि वाटफोर्डले अर्को पेनाल्टी अवसर पाएको थियो। त्यसमा पनि डीनेले कुनै गल्ति नगरी गोलमा परिणत गरेका थिए।

प्रतिक्रिया दिनुहोस्