काठमाडौं। करिम बेन्जेमाको उत्कृष्ट प्रदर्शनमा रियाल मड्रिडले गएराति डेपोर्टिभो अलाभेसमाथि २-० को नतिजा निकाल्दै स्पेनिस ला लिगको उपाधि नजिक रहेको छ। बेन्जेमाले एक गोलमा अवसर सिर्जना गरिदिएका थिए भने अर्को गोल आफैंले पेनाल्टीमा गरेका थिए। बेन्जेमाले ११औं मिनेटमा पेनाल्टीमा गोल गर्दै रियाललाई अग्रता दिएका थिए।
फर्लान्ड मेन्डीलाई सिमो नाभारोले फाउल गरेपछि रियालले पेनाल्टी अवसर पाएको थियो। त्यसलाई बेन्जेमाले पोष्टको दिशा दिएका थिए। ५०औं मिनेटमा बेन्जेमाको पासमा मार्को असेन्सियोले अग्रता दोब्बर बनाएका थिए। लिगमा रियालको यो लगातार आठौं जित हो। कोभिड–१९ महामारीका कारण स्थगित भएर शुरू भएपछि रियालले कुनै खेल हारेको छैन।
रियालले लिगमा तीन खेल बाँकी रहँदा दोस्रो स्थानको बार्सिलोनालाई चार अंकले पछि पारेको छ। रियाललाई अब दुई खेल जिते उपाधि पक्का गर्न पर्याप्त हुन्छ। रियालले अब ग्रानाडा, भिल्लारियाल र लेगानेससँग खेल्न बाँकी छ। बार्सिलोनाले रियाल भालाडोलिड, ओसासुना र आलाभेसविरुद्ध खेल्न बाँकी छ।
" /> काठमाडौं। करिम बेन्जेमाको उत्कृष्ट प्रदर्शनमा रियाल मड्रिडले गएराति डेपोर्टिभो अलाभेसमाथि २-० को नतिजा निकाल्दै स्पेनिस ला लिगको उपाधि नजिक रहेको छ। बेन्जेमाले एक गोलमा अवसर सिर्जना गरिदिएका थिए भने अर्को गोल आफैंले पेनाल्टीमा गरेका थिए। बेन्जेमाले ११औं मिनेटमा पेनाल्टीमा गोल गर्दै रियाललाई अग्रता दिएका थिए।फर्लान्ड मेन्डीलाई सिमो नाभारोले फाउल गरेपछि रियालले पेनाल्टी अवसर पाएको थियो। त्यसलाई बेन्जेमाले पोष्टको दिशा दिएका थिए। ५०औं मिनेटमा बेन्जेमाको पासमा मार्को असेन्सियोले अग्रता दोब्बर बनाएका थिए। लिगमा रियालको यो लगातार आठौं जित हो। कोभिड–१९ महामारीका कारण स्थगित भएर शुरू भएपछि रियालले कुनै खेल हारेको छैन।

">