काठमाडौं। राष्ट्रिय खेलकुद परिषद (राखेप)को सदस्यसचिवका लागि युवा तथा खेलुकद मन्त्रालयले शुक्रबार दरखास्त आह्वान गरेको छ।

खेलकुद विकास ऐन २०७७ कार्यान्वयनमा आएपछि सरकारले नियुक्त गरेका पदहरू रिक्त भएका छन्। नयाँ खेलकुद ऐन असार १८ गतेबाट कार्यान्वयनमा आएको हो।

नयाँ ऐनअनुसार युवा तथा खेलकुद मन्त्रालयको सचिवको संयोजकत्वमा मन्त्रालयले तोेकेको सम्बन्धित क्षेत्रका एकजना महिलासहित दुईजना विज्ञ रहेको तीन सदस्यीय सिफारिस समिति गठन गर्नेछ।

समितिले एक महिलासहित तीन उपयुक्त व्यक्तिको नाम मन्त्रालयमा सिफारिस गर्नेछ। सिफारिस भएका व्यक्तिमध्येबाट सदस्यसचिव नियुक्ति गर्न मन्त्रालयले मन्त्रिपरिषद् समक्ष पेश गर्नेछ। मन्त्रिपरिषद्ले सदस्यसचिवको नियुक्ति गर्नेछ।

मन्त्रालयले सचिव रामप्रसाद थपलियाको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरिसकेको छ भने सदस्य सचिव सिफारिससम्बन्धी कार्यविधि २०७७ पनि बनाइसकको छ।

सिफारिस समितिमा थपलिया संयोजक छन् भने रिमबहादुर रानाभाट र इन्दिरा निरौला सदस्य छन्।

रानाभाट राखेपको तालिम तथा प्रशिक्षण विभागका निर्देशक पदबाट अवकाश लिएका थिए। रानाभाट १३औं सागका सहायक सेभ दी मिसन थिए। उनले राष्ट्रिय टीम तयारी समितिको संयोजक भएर पनि काम गरेका थिए। निरौला यसअघि राखेपका सदस्य थिइन्।

सिफारिस समितिको पहिलो बैठकले सदस्यसचिव नियुत्तिको कार्य प्रारम्भ गरेको सदस्य रानाभाटले बताए।

“खेलकुदको विकास, विस्तार र प्रवर्द्धनका लागि राष्ट्रिय खेलकुद ऐन २०७७ को दफा ३ बमोजिम स्थापना भएको राष्ट्रिय खेलकुद परिषद्को सदस्यसचिव नियुक्तिका लागि ऐनको दफा १७ को उपदफा (२) बमोजिम योग्यता पुगेका उमेदरवाहरूबाट सूचना प्रकाशन भएको मितिले ७ दिनमित्र मन्त्रालयमा निवेदनसहित संक्षिप्त कार्ययोजना पेश गर्न जानकारीका लागि सूचना प्रकाशित गरिएको छ,” मन्त्रालयले आह्वान गरेको सूचनामा भनिएको छ।

समितिका सदस्य रानाभाटले अब प्रक्रियाभन्दा बाहिरबाट सदस्यसचिव नियुक्तिको सम्भावना समाप्त भएको बताए। उनले थपे, “सूचनाअनुसार आशय पत्र नदिनेको सम्भावना छैन।”

अहिले राखेपमा मन्त्रालयको खेलकुद विकास महाशाखाका प्रमुख भक्तबहादुर ढकालले कार्यवाहकको जिम्मेवारी दिइएको छ। असार २१ गतेको मन्त्रीस्तरीय निर्णयअनुसार ढकाललाई सदस्यसचिवको जिम्मेवारी दिइएको हो। ढकालले २२ गते कार्यभार सम्हालेका थिए।

त्यसअघि रमेशकुमार सिलवाल सदस्यसचिव थिए। नयाँ ऐन प्रमाणीकरण भएपछि सदस्यसचिव रमेशकुमार सिलवाल राखेप जान छोडिसकेका छन्। नयाँ ऐनमा सदस्यसचिवको अधिकार कटौती गरिएको र ऐन बनाउँदा राखेपसँग कुनै परामर्श नगरेकोमा सिलवाल रुष्ट छन्।

सिलवालले यसअघि नै आफू दरखास्त हालेर सदस्यसचिव नबन्ने बताएका छन्। सिलवाल गत असार २३ गते सदस्यसचिवमा नियुक्त भएका थिए।

नयाँ ऐनमा सदस्य सचिव हुनका लागि नेपाल सरकारबाट मान्यताप्राप्त विश्वविद्यालयबाट कम्तीमा स्नातक तह उत्तीर्ण गरेको हुनुपर्ने, खेलकुदको क्षेत्रमा कम्तीमा पाँच वर्ष काम गरेको हुनुपर्ने, प्रचलित कानूनले अयोग्य नभएको, ३० वर्ष उमेर पूरा भएको हुनु पर्ने उल्लेख छ।

" /> काठमाडौं। राष्ट्रिय खेलकुद परिषद (राखेप)को सदस्यसचिवका लागि युवा तथा खेलुकद मन्त्रालयले शुक्रबार दरखास्त आह्वान गरेको छ।

"> राखेप सदस्यसचिवका लागि दरखास्त आह्वान : Dekhapadhi
राखेप सदस्यसचिवका लागि दरखास्त आह्वान

प्रतिक्रिया दिनुहोस्