काठमाडौं। च्याम्पियन्स लिगमा अन्तिम १६ का बाँकी खेल ‘होम टीम’ ले आयोजना गर्न सक्ने युरोपेली फुटबल महासंघ (युईएफए) ले जनाएको छ।
कोभिड-१९ महामारीका कारण गत मार्चबाट च्याम्पियन्स लिगका खेल भएका छैनन्। स्थगित प्रतियोगिता अर्को महीनाबाट हुनेछ।
प्रतियोगिताको अन्तिम १६ पछिका खेल पोर्चुगलको लिस्बनमा खाली रंगशालामा हुनेछन्।
तथापी बार्सिलोना, बायर्न म्युनिख, युभेन्टस र म्यानचेस्टर सिटीले अन्तिम १६ को दोस्रो चरणका खेल घरेलु मैदानमा आयोजना गर्न पाउने भएका छन्।
युईएफएले जर्मनी, इटाली, स्पेन र इङ्ल्यान्डका ‘पब्लिक अथोरिटी’हरूसँग स्विकृत पाएको जनाएको छ। खेल खाली रंगशालामा ७ र ८ अगष्टमा हुनेछन्।
युईएफएले लिस्बनमा हुने खेलका लागि पनि सर्वसाधारणका लागि टिकट विक्री नगर्ने बताएको छ। त्यस्तै युरोपा लिगको पनि अन्तिम १६ का खेलहरू क्लबले घरेलु मैदानमा खे्र्रल्न पाउने भएको छ।
च्याम्पियन्स लिगको क्वार्टरफाइनलका खेल १२ अगष्टबाट शुरू हुनेछ। क्वार्टरफाइनलका चार खेल बेनफिका र स्पोर्टिङ लिस्बनको मैदानमा हुनेछन्।
सेमिफाइनलका खेल भने १८ र १९ अगष्टमा हुनेछन्। फाइनल खेल २३ अगष्टमा बेनिफिकाको रंगशालामा हुनेछ। यसअघि फाइनलबाहेक सबैमा ‘होम एन्ड अवे’ गरी दुई खेल हुन्थ्यो।
तर, कोभिड-१९ का कारण यस पटक क्वार्टरफाइ्रनल र सेमिफाइनलमा एक खेलमात्र हुन लागेको हो।
अन्तिम १६ को पहिलो लेगमा बायर्नले चेल्सीलाई ३-० ले हराएको थियो। अवे खेलमा युभेन्टस लियोनसँग १-० ले पराजित भएको थियो भने म्यानचेस्टर सिटीले रियाल मड्रिडलाई २-१ ले पराजित गरेको थियो।
त्यस्तै बार्सिलोनाले लियोनसँग अवे खेलमा १-१ को बराबरी खेलेको छ।
च्याम्पियन्स लिग र युरोपा लिगको क्वार्टरफाइन तथा सेमिफाइनल ‘ड्र’ आज हुनेछ।
" /> काठमाडौं। च्याम्पियन्स लिगमा अन्तिम १६ का बाँकी खेल ‘होम टीम’ ले आयोजना गर्न सक्ने युरोपेली फुटबल महासंघ (युईएफए) ले जनाएको छ।कोभिड-१९ महामारीका कारण गत मार्चबाट च्याम्पियन्स लिगका खेल भएका छैनन्। स्थगित प्रतियोगिता अर्को महीनाबाट हुनेछ।

">