काठमाडौं। नेपाली राष्ट्रिय फुटबल टीमको प्रशिक्षण भद्रकालीस्थित नेपाली सेनाको मुख्यालयमा अवस्थित मैदानमा हुने भएको छ।
आज अखिल नेपाल फुटबल संघ (एन्फा) र नेपाली सेनाबीच विश्वकप छनोट प्रतियोगिताका लागि मैदान उपलब्ध गराउने विषयमा सम्झैता भएको हो।
विशेष गरी फिफा विश्वकप २०२२ तथा चीनमा हुने एशियन कप २०२३ को छनोट खेलका लागि सेनाको जंगी अड्डामा रहेको मैदान प्रयोग गर्ने एन्फा महासचिव इन्द्रमान तुलाधरले बताए।
एन्फाले उक्त जंगी अड्डाको मैदान स्तरोन्नती गर्नुका साथै खेलाडी र रेफ्रीको चेन्जिङ रूम अन्तर्राष्ट्रिय स्तरको बनाएको छ।
फिफा विश्वकप २०२२ तथा चीनमा हुने एशियन कप २०२३ को छनोट प्रतियोगितामा नेपालले तीन खेल घरेलु मैदानमा खेल्नेछ।
एएफसीले प्रस्ताव गरेको नयाँ तालिकाअनुसार नेपालले ८ अक्टोबरमा चाइनिज ताइपेई र १३ अक्टुबरमा अस्ट्रेलियाविरुद्ध घरेलु मैदानमा प्रतिस्पर्धा गर्नेछ। त्यस्तै १२ नोभेम्बरमा नेपालले जोर्डनविरुद्ध खेल्नेछ।
छनोट प्रतियोगिता खेल्न नेपाल आउने टीमले जंगी अड्डाको त्यही मैदानमा अभ्यास गर्ने एन्फा महासचिव इन्द्रमान तुलाधरले बताए। उनीले थपे, “अहिले हल्चोकस्थित एपीएफ मैदान मात्र छ। त्यो अन्तर्राष्ट्रिय मापदण्डअनुसारको छैन। त्यसैले हामीले यसलाई अन्तर्राष्ट्रिय मापदण्डअनुसारको बनाएका हौं।”
समूह ‘बी’ मा रहेको नेपाल तीन अंकका साथ चौथो स्थानमा छ। नेपालको समूहमा अस्ट्रेलिया १२ अंकका साथ शीर्ष स्थानमा छ। समान १० अंक जोडेको कुवेत र जोर्डन क्रमशः दोस्र्रो र तेस्रो स्थानमा छन्। कुनै अंक नजोडेको चाइनिज ताइपेई पाँचौं स्थानमा छ।
एन्फाले अब प्लेयर बक्स र प्यारापिटमा कुर्सी राख्ने तथा अन्य पुर्वाधार बनाउने भनिए पनि दुई पक्षबीच ठोस सहमती भने भएको छैन। एन्फा अध्यक्ष शेर्पाले त्यसका लागि राष्ट्रिय खेलकुद परिषद (राखेप) सँग पहल गर्ने बताएका छन्।
" /> काठमाडौं। नेपाली राष्ट्रिय फुटबल टीमको प्रशिक्षण भद्रकालीस्थित नेपाली सेनाको मुख्यालयमा अवस्थित मैदानमा हुने भएको छ।आज अखिल नेपाल फुटबल संघ (एन्फा) र नेपाली सेनाबीच विश्वकप छनोट प्रतियोगिताका लागि मैदान उपलब्ध गराउने विषयमा सम्झैता भएको हो।

">