इन्टर मिलान बराबरीमा रोकियो
काठमाडौं। बोलोग्नासँग चार दिनअघि घरेलु मैदानमा पराजित भएको इन्टर मिलान बिहीबार राति हेलास भेरोनासँग २-२ को बराबरीमा रोकिएको छ।

खेल सकिन चार मिनेट बाँकी छँदा भरोनाका मिगुएल भेलोसोले बराबरी गोल फर्काएका थिए। त्यसअघि डार्को लाजोभिकको गोलबाट भेरोनाले दोस्रो मिनेटमै अग्रता लिएको थियो।

इन्टोनियो कान्द्रेभाको गोलमा इन्टर मिलानले ४९औं मिनेटमा बराबरी गरेको थियो। फेडेरिको डिमार्कोको आत्मघाती गोलमा इन्टर मिलानले ५५औं मिनेटमा अग्रता लिएको थियो।

बराबरीसँगै इन्टर मिलान चौथो स्थानमा छ। इन्टरको ६५ अंक छ। यसअघि एटलान्टाले साम्पडोरियालाई २-० ले पराजित गर्दै तेस्रो स्थानमा उक्लिएको थियो। भेरोना भने ४३ अंकका साथ नवौं स्थानमा छ।

बिहीबार राति नै युडिनेसले रेलिगेशन क्षेत्रको स्पललाई ३-० ले पराजित गरेको छ। युडिनेस ३५ अंकका साथ १४औं स्थानमा छ। जुन रेलिगेशन क्षेत्रको जेनोवाभन्दा ८ अंकले माथि हो।

प्रतिक्रिया दिनुहोस्