काठमाडौं। टोटेनह्यामसँग गोलरहित बराबरी खेले पनि बर्नमाउथका प्रशिक्षक एडी होवेले इङ्लिस प्रिमियर लिगको रेलिगेसनबाट बच्न संघर्ष जारी रहेको बताएका छन्।
कालम विल्सनको अन्तिम मिनेटमा गरेको गोलबाट बर्नमाउथले तीन अंक पक्का गर्ने संकेत गरेको थियो। तर भिडियो सहायक रेफ्री (भिएआर)ले विल्सनको उक्त गोललाई मान्यता नदिएपछि रेलिगेसनबाट बच्न संघर्ष गरेको बर्नमाउथले एक अंकमा चित्त बुझाउनु पर्याे।
‘‘महत्त्वपूर्ण कुरा हामीले हारको शृंखला रोकेका छौं,’’ बर्नमाउथका प्रशिक्षक होवेले भने, ‘‘यसले टीमको आत्मविश्वास बढेको छ। त्यसकारण हाम्रो संघर्ष अझै जारी छ।’’
लगातार पाँच खेलमा पराजित भएपछि बर्नमाउथले पहिलो पटक बराबरी खेलेको हो। बराबरीसँगै बर्नमाउथ २८ अंकका साथ १८औं स्थानमा छ। लिगमा चार खेल बाँकी रहँदा बर्नमाउथ रेलिगेसन माथिको बाटफोर्ड र वेष्ट ह्यामभन्दा तीन अंकले पछाडि छ। टोटेनह्याम भने नवौं स्थानमा छ।
बिहीबार राति नै सम्पन्न अर्को खेलमा साउथह्याम्पटन र एभर्टनले १-१ को बराबरी खेले। ड्यानी इङ्सको गोलबाट साउथह्याम्पटनले ३१औं मिनेटमा अग्रता लिएको थियो। त्यसअघि साथउह्याम्पटनका जेम्स वार्ड-प्रोउजले पेनाल्टीमा गोल गर्ने मौका गुमाएका थिए।
४३औं मिनेटमा एभर्टनका रिचार्डलिसनले बराबरी गोल फर्काएका थिए। बराबरीसँगै एभर्टन ४५ अंकका साथ ११औं स्थानमा छ भने साउथह्याम्पटन ४४ अंकका साथ १२औं स्थानमा छ।