काठमाडौं। भारतीय क्रिकेट बोर्डका अध्यक्ष सौरभ गांगुलीले एसिया कप-२०२० स्थगित भएको बताएका छन्। एसिया कप सेप्टेम्बरमा हुने तय भएको थियो।
तर एसिया क्रिकेट परिषद् (एसीसी)ले भने अधिकारिक पुष्टि गरिसकेको छैन। ‘स्पोर्ट्स टक’ इन्स्टाग्राम लाइभमा बोल्दै गांगुलीले भनेका छन्, “सेप्टेम्बरमा हुने भनिएको एसिया कप स्थगित भइसकेको छ।”
प्रतियोगिताको आयोजक राष्ट्र भने टुंगो लागि सकेको थिएन। कोभिड–१९ महामारीका कारण अस्ट्रेलियामा अक्टोबर र नोभेम्बरमा हुने भनिएको ट्वान्टी–२० विश्वकप हुनेमा पनि शंका छ।
एसिया कपका साथै ट्वान्टी–२० विश्वकप पनि स्थगित भयो भने इन्डियन प्रियिमर लिग (आइपिएल) हुने सम्भावना रहेको गांगुलीले बताए।
" /> काठमाडौं। भारतीय क्रिकेट बोर्डका अध्यक्ष सौरभ गांगुलीले एसिया कप-२०२० स्थगित भएको बताएका छन्। एसिया कप सेप्टेम्बरमा हुने तय भएको थियो।तर एसिया क्रिकेट परिषद् (एसीसी)ले भने अधिकारिक पुष्टि गरिसकेको छैन। ‘स्पोर्ट्स टक’ इन्स्टाग्राम लाइभमा बोल्दै गांगुलीले भनेका छन्, “सेप्टेम्बरमा हुने भनिएको एसिया कप स्थगित भइसकेको छ।”

">