काठमाडौं। बास्केटबल खेलाडी सविता खड्काको घुँडाको दोस्रो शल्यक्रिया बुधबार सफलतापूर्वक सम्पन्न भएको छ।
सन् २०१७ अगस्टमा सम्पन्न खेलमा घाइते भएकी सविताको स्टार अस्पतालमा शल्यक्रिया गरिएको हो। सविताको शल्यक्रिया डा. राजिवराज मानन्धरले गरेका हुन्। दुई घण्टा समय लगाएर सम्पन्न भएको शल्यक्रिया सफल भएको सविताले देखापढीलाई बताइन्।
“मेरो शल्यक्रिया सफल भएको छ। हिजो एकदम बढी पीडा भएको थियो, तर आज अलि कम भएको छ,” सविताले भनिन्।
नेपाल बास्केटबल संघले आयोजना गरेको ‘थ्री बाई थ्री प्रेसिडेन्ट कप’ प्रतियोगिताको सेमिफाइनलमा सवितालाई चोट लागेको थियो। त्यसपछि उनको ब्लु क्रस अस्पतालमा एमआरआई गर्दा एसिएल च्यातिएको बताइएको थियो।
शुरूमा फिजियोथेरापी गरेर ठीक हुन्छ भनिएको थियो। पछि एक वर्षसम्म ठीक नभएपछि ओम अस्पतालमा शल्यक्रिया भएको थियो।
तर, उनको एसिएलको नभई मेनिस्कस (घुँडा र तीघ्राको हड्डीलाई सन्तुलन गर्ने भाग) को शल्यक्रिया गरिएको थियो।