“खासै केही फरक छैन सबै जना एउटै टीममा छौँ, एमसीसी खेल्न पाउँदा उत्साहित छौँ, उनीहरुको टीम पनि राम्रो छ,” ज्ञानेन्द्रले भने, “हाम्रो लागि पनि तयारीका हिसावले राम्रो म्याच हुनेछ।”
तर, कप्तानको रुपमा खेल्दै गर्दा उनले भने, “कप्तानको रुपमा खासै विशेष छैन।”
एमसीसीसीविरुद्ध १७ कात्तिकमा नेपालको यू -१९ ए टीमले उत्कृष्ट प्रदर्शन गरेको थियो। खेल ३८ रनले हारेपनि ३३५ रनको लक्ष्य पछ्याउने क्रममा नेपालको युवा टोलीले पूरै ५० ओभर खेल्दै २९६ रन बनाएका थिए। युवा खेलाडीले सबैको मन जितेको छ। अब सिनियर टीमलाई अझै राम्रो प्रदर्शन गर्नुपर्ने चुनौती छ।
कप्तान ज्ञानेन्द्र यस खेललाई इमर्जिङ कपको तयारी र नयाँ खेलाडीको लागि एक्सपोजर हुने बताउँछन्। “हाम्रो लागि इमर्जिङ कपको लागि र आगामी दिनको लागि यो खेल राम्रो तयारी हुनेछ,” ज्ञानेन्द्रले भने, “टीममा नयाँ नयाँ खेलाडी आएका छन्, उनीहरुलाई एक्सपोजरको लागि पनि राम्रो अवसर हो, हाम्रो लागि राम्रो प्राक्टिस हुन्छ।”
युवा टीमले राम्रो प्रदर्शनका बावजुत पनि एमसीसीलाई हराउन सकेन। अब सिनियर टीमले हराउन अपेक्षा दर्शक र समर्थकको छ। ज्ञानेन्द्र पनि यस खेलको नतिजाले केही फरक पार्ने बताउँछन्। उनी भन्छन्- “एमसीसी अहिले बलियो टीम छ। जित्ने हिसाबले आएको छ। त्यसैले हामीले जित्यो भने राम्रो सन्देश जान्छ।”
कप्तान ज्ञानेन्द्रले एमसीसीको टुरबाट नेपाली खेलाडीले धेरै सिक्न पाउने बताए। “यो टुर एकदमै राम्रो हो। नेपालमा वर्षेनी एमसीसी आउने कुरा भइरहेको छ यसले गर्दा विश्वकै ध्यान नेपालतिर जान्छ, एमसीसीको आफ्नो छुट्टै पहिचान भएको क्लबले नेपाल आउँदा उनीहरुको अनुभव सेयर गर्दा नेपाललाई राम्रो हुन्छ।” मल्लले भनेका छन्।

एमसीसीसँग नेपालले २०-२३ कात्तिकमा त्रिवि मैदानमै फस्ट क्लास क्रिकेट पनि खेल्दैछ। नेपालले धेरै समय भयो यस्तो फर्म्याटको क्रिकेट नखेलेको। कप्तान ज्ञानेन्द्रसहित सिमित खेलाडीले मात्र फस्ट क्लास यसअघि खेलेका छन्। त्यसैले पनि यो खेलका लागि स्वयं ज्ञानेन्द्र उत्साहित छन्। “केही सिनियर खेलाडीबाहेक सबैको लागि यो नयाँ अनुभव हुनेछ। सबै जना फस्ट क्लासका लागि उत्साहित छन्।”
एमसीसीले नेपालमा रहँदा सिनियर र जुनियर खेलाडीसँग खेल्दा नेपाललाई धेरै फाइदा पुग्ने ज्ञानेन्द्रको विश्वास छ। “यू-१९ पनि खेलिरहेको छ, हाम्रो टीम खेल्दैछ। इमर्जिङ कप बीचमा अनपेक्षित आयो, सागदेखि लिएर ओडिआई साइकललाई पनि यस खेलहरुले सहयोग पुग्नेछ।” ज्ञानेन्द्रले भने।
नेपालले बंगालदेशमा १२-२४ नोभेम्बरमा हुने एसीसी इमर्जिङ टीम एसिया कप खेल्दैछ। उक्त प्रतियोगितामा भारत र बंगलादेश रहेको समूह बी मा नेपाल छ। नेपालले १४ नोभेम्बरमा भारतसंग पहिलो खेल खेल्दैछ। समूहमा जस्तो टीम भएपनि नेपालले सकेसम्म राम्रो प्रदर्शन गर्ने ज्ञानेन्द्रले बताए।
उनले भने, “हामी पनि टीम हो उनीहरु पनि टीम हो, गएर सकेको जती खेल्ने हो। राम्रो गर्नुपर्छ। उनीहरु हामीभन्दा केही अनुभवी होला तर हामी छुट्टै छाप छाड्ने गरी अगाडी बढ्छौँ।”