प्रिमियर लिग: लेस्टर सिटी तेस्रो स्थानमा उक्लियो

काठमाडौं। क्रिस्टल प्यालेसलाई पराजित गर्द लेस्टर सिटी प्रिमियर लिगमा तेस्रो स्थानमा उक्लेको छ।

हिजो भएको खेलमा लेस्टरले प्यालेसलाई २-० ले पराजित गरेको हो।

लेस्टरका लागि कालगर सोएन्चुले ५७औं र जिमी भार्डीले ८८औं मिनेटमा गोल गरेका छन्।

जितपछि लेस्टर चेल्सीलाई गोलअन्तरमा पछि पार्दै तेस्रो स्थानमा उक्लेको हो। ११ खेलबाट दुवै टोलीको समान २३ अंक छ। तर गोलअन्तरमा लेस्टर अगाडी छ।

यस्तै गएराति भएको खेलमा टोटनहम हट्सपर र एभरटनले १-१ को बराबरी खेल्दै अंक बाँडेका छन्।

डेली अलीले ६३औं मिनेटमा गोल गर्दै टोटनहमलाई अग्रता दिलाएका थिए। इन्जुरी टाइममा सेन्क टोसुमले एभरटनका लागि बराबरी गोल फर्काए।

७९औ मिनेटमा एभरटनका आन्द्रे गोमेजलाई ट्याकल गरेका टोटनहमका हेउन मिन सनलाई रेफ्रीले सिधै रातो कार्ड देखाएका थिए।

जसका कारण केही मनेट नै खेल प्रभावित गरेको थियो र रेफ्रीले १२ मिनेटको इन्जुरी टाइम थप गरेका थिए।

इन्जुरी टाइमको सातौँ मिनेटमा टोसुमले एभरटनको लागि गोल गर्दै हार टारेका हुन्।

बराबरीपछि टोटनहम ११ खेलबाट १३ अंकसहित ११औं स्थानमा छ। समान खेलबाट ११ अंक जोडेको एभरटन १७औं स्थानमा छ।

प्रतिक्रिया दिनुहोस्