काठमाडौं। लामो समयपछि क्रीकेट शुरू हुन लागेका कारण इङ्ल्यान्ड र वेष्ट इन्डिजबीचको टेस्ट खेललाई सबैले चासोको रूपमा लिएका छन्। तर बर्षाका कारण खेल शुरू हुन ढिलाई भएको छ।
झन्डै चार महिनापछि शुरू हुन लागेको टेस्टमा लन्च समय भइसक्दा पनि वर्षाका कारण टस हुन सकेको छैन।
खेल साउथह्याम्प्टनस्थित एजेस बोउलमा हुँदैछ। खेल खाली रंगशालामा हुनेछ। त्यस्तै कोभिड-१९ को जोखिम न्यूनिकरण गर्नका लागि स्वास्थ्य सुरक्षाका सबै उपाय अवलम्बन गरिएको छ।
नियमित कप्तान जो रूट परिवारलाई समय दिनु पर्ने भएका कारण अनुपस्थित भएपछि घरेलु टीम इङ्ल्यान्डको कप्तानी अलराउण्डर बेन स्टोक्सले गर्दैछन्।
चार महिनापछि क्रीकेट शुरू हुन लागेकोमा आईसीसीका कार्यकारी प्रमुख मनु शहानीले खुशी व्यक्त गरेका थिए। उनले इङ्ल्यान्ड क्रीकेट बोर्डलाई धन्यवाद दिएका थिए।
" /> काठमाडौं। लामो समयपछि क्रीकेट शुरू हुन लागेका कारण इङ्ल्यान्ड र वेष्ट इन्डिजबीचको टेस्ट खेललाई सबैले चासोको रूपमा लिएका छन्। तर बर्षाका कारण खेल शुरू हुन ढिलाई भएको छ।झन्डै चार महिनापछि शुरू हुन लागेको टेस्टमा लन्च समय भइसक्दा पनि वर्षाका कारण टस हुन सकेको छैन।

">