काठमाडौं। समर्थकसँग झगडा गर्न गएको भन्दै इङलिस प्रिमियर लिगको क्लब टोटेनह्यमका मिडफिल्डर इरिक डायरलाई चार खेलको प्रतिबन्ध र ४० हजार पाउण्ड जरिवाना गरिएको छ।
गत मार्चमा सम्पन्न एफए कप फुटबलमा नर्विच सिटिविरूद्धको खेलमा साे घटना भएको थियो। उक्त खेलमा टोटेनह्याम नर्विच सिटीसँग पराजित भएको थियो।
इङल्याण्ड फुटबल संघ (एफए) ले खेल भावनाविपरीत काम गरेको तथा एफएको नियम उल्लङ्घन गरेको भन्दै डायरलाई चार खेलको प्रतिबन्ध गरेको हो। डायरले जारी सिजनमा अब प्रिमियर लिगको एक खेल मात्र खेल्न पाउने छन्।
"डायरलाई तत्काल लागू हुने गरी चार खेलमा प्रतिबन्ध गरिएको छ। एफएको नियम उल्लङ्घन गरेका कारण उनलाई चेतावनी गरिएको छ," एफएले जारी गरेको विज्ञप्तिमा भनिएको छ।
एफए कपको पाँचौं चरणको खेल सकिएपछि डायर दर्शक बस्ने सिटमा गएका थिए। उक्त खेलमा टोटेनह्यमले पेनाल्टी सुटआउटमा ३-२ ले पराजित भएको थियो। पेनाल्टी सुटआउटमा डायरले पनि गोल गरेका थिए।
" /> काठमाडौं। समर्थकसँग झगडा गर्न गएको भन्दै इङलिस प्रिमियर लिगको क्लब टोटेनह्यमका मिडफिल्डर इरिक डायरलाई चार खेलको प्रतिबन्ध र ४० हजार पाउण्ड जरिवाना गरिएको छ।इङल्याण्ड फुटबल संघ (एफए) ले खेल भावनाविपरीत काम गरेको तथा एफएको नियम उल्लङ्घन गरेको भन्दै डायरलाई चार खेलको प्रतिबन्ध गरेको हो। डायरले जारी सिजनमा अब प्रिमियर लिगको एक खेल मात्र खेल्न पाउने छन्।

">