काठमाडौं। भारतीय क्रिकेट बोर्डका अध्यक्ष सौरभ गाँगुलीले चार दिवसीय टेस्ट क्रिकेट उपयुक्त नरहेको बताएका छन्। क्रिकेटको विश्व निकायले टेस्ट क्रिकेटलाई पाँच दिनबाट चार दिनमा सीमित गर्नेगरी प्रस्ताव गरेको छ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसीसी) ले सन् २०२३ देखि लागू हुनेगरी टेस्ट क्रिकेटलाई चार दिनमा सीमित गर्न प्रस्ताव गरेको छ।
विगतमा दक्षिण अफ्रिका र मोजाम्बिक तथा इङ्ल्यान्ड र आइरल्यान्डबीच अन्तर्राष्ट्रिय मान्यताप्राप्त चार दिने टेस्ट खेल भइसकेका छन्। तर भारतीय क्रिकेट बोर्डले आइसीसीको उक्त धारणाको विरोध गर्दै आएको छ।
भारतीय क्रिकेट बोर्डले आयोजना गरेको अनलाइन छलफलमा गाँगुलीले भने, “मलाई चार दिने टेस्ट खेलमा त्यति रुची छैन किनभने मेरो विचारमा अधिकांश टेस्ट खेलको नतिजा चार दिनमा आउँदैन।”
उनले खेल चार दिनमा सीमित भएपछि खेल्ने शैलीमै परिवर्तन आउने बताए। उनले पाँच दिने टेस्ट खेल निकै प्रतिस्पर्धात्मक र उत्कृष्ट रहेको पनि बताए।
विश्व क्रिकेट परिषदको अध्यक्षका दाबेदार समेत मानिएका गाँगुलीले दिवा–राति टेस्ट खेल हुन सक्ने बताए। सन् २०१८ मा अस्ट्रेलियासँग रात्रि टेस्ट खेल्न अस्वीकार गरेको भारतले गत वर्ष बंगलादेशसँग कोलकातामा गुलाबी बल प्रयोग गर्न सहमति जनाएको थियो ।
दुई खेलको यस शृङ्खला अन्तर्गत कोलकाताको खेल तीन दिनभित्रै समाप्त भएको थियो। यो शृङ्खला भारतले २–० ले जितेको थियो ।