काठमाडौं। जेमी भार्डेले अन्तिम समयमा गरेको गोलमा लेस्टर सिटीले गएराति इङ्लिस प्रिमियर लिगमा आर्सनलसँग १–१ को बराबरी खेलेको छ। बराबरीसँग लेस्टरले अर्को सिजन च्याम्पियन्स लिग खेल्ने सम्भावनालाई कायमै राखेको छ। यससँगै लिगमा आर्सनलको तीन खेलसम्मको विजयी यात्रा भने रोकिएको छ।
बराबरी खेलेपछि लेस्टर चौंथो स्थानमा झरेको छ। लेस्टरको ३४ खेलबाट ५९ अंक छ। जुन पाँचौं स्थानको म्यानचेस्टर युनाइटेडको भन्दा चार अंकले माथि हो। एक खेल कम खेलेको युनाइटेडले आज राति एस्टन भिल्लासँग प्रतिस्पर्धा गर्नेछ। चेल्सी भने क्रिष्टल प्यालेसलाई ३–२ ले हराउँदै तेस्रो स्थानमो उक्लिएको हो।
पीइरे–इमेरिक औबमेयाङको गोलमा आर्सनलले २१औं मिनेटमा अग्रता लिएको थियो। औबमेयाङले बुकायो साकाको पासमा गोल गरेका थिए। जारी लिगमा उनको यो २०औं गोल हो। ७३औं मिनेटमा इडवार्ड एनकेटियाले रातो कार्डको सामना गरेपछि बाँकी समय आर्सनलले दश खेलाडीमा खेलेको थियो।
एनकेटियाले लेस्टरका जेम्स जस्टिनलाई फाउल गरेपछि रातो कार्डको सामना गरेका हुन्। लामो समयको विवादपछि भिडिओ सहायक रेफ्रीले रातो कार्ड दिने निर्णय गरेको थियो। खेल सकिन ६ मिनेट बाँकी रहँदा भार्डेले बराबरी गोल फर्काएका थिए। जारी लिगमा भार्डेको यो २२औं गोल हो। भार्डे प्रिमियर लिगमा धेरै गोल गर्ने खेलाडीको सूचीमा शीर्ष स्थानमा छन्। २० गोल गरेका औबमेयाङ दोस्रो स्थानमा छन्
" /> काठमाडौं। जेमी भार्डेले अन्तिम समयमा गरेको गोलमा लेस्टर सिटीले गएराति इङ्लिस प्रिमियर लिगमा आर्सनलसँग १–१ को बराबरी खेलेको छ। बराबरीसँग लेस्टरले अर्को सिजन च्याम्पियन्स लिग खेल्ने सम्भावनालाई कायमै राखेको छ। यससँगै लिगमा आर्सनलको तीन खेलसम्मको विजयी यात्रा भने रोकिएको छ।बराबरी खेलेपछि लेस्टर चौंथो स्थानमा झरेको छ। लेस्टरको ३४ खेलबाट ५९ अंक छ। जुन पाँचौं स्थानको म्यानचेस्टर युनाइटेडको भन्दा चार अंकले माथि हो। एक खेल कम खेलेको युनाइटेडले आज राति एस्टन भिल्लासँग प्रतिस्पर्धा गर्नेछ। चेल्सी भने क्रिष्टल प्यालेसलाई ३–२ ले हराउँदै तेस्रो स्थानमो उक्लिएको हो।

">