काठमाडौं। ज्लाटन इब्राहिमोभिचले पेनाल्टीमा गोल गरेको दिन एसी मिलानले गएराित इटालियन सिरी ‘ए’ को शीर्ष क्लब युभेन्टसलाई ४–२ ले पराजित गरेको छ। सान सिएरोमा पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। खेलमा ६ गोल नै दोस्रो हाफमा सम्भव भएको थियो।
एड्रियन राबियोटको गोलमा युभेन्टसले ४७औं मिनेटमा अग्रता लिएको थियो। ५३औं मिनेटमा क्रिष्टियानो रोनाल्डोले अग्रता दोब्बर बनाए। साविक विजेता युभेन्टसले दुई-शून्यको अग्रता जोगाउन नसक्दा अंक जोड्न सकेन। इब्राहिमोभिचले ६२औं मिनेटमा पेनाल्टीबाट गरेको गोलबाट मिलानले अग्रता लियो।
६६औं मिनेटमा फ्रान्क केस्सीले बराबरी गोल फर्काए। राफेल लियोले ६७औं मिनेटमा गरेको गोलबाट मिलानले अग्रता लियो। खेल सकिन दश मिनेट बाँकी रहँदा एन्टे राबिकले अर्को गोल थपेपछि मिलानले महत्वपूर्ण तीन अंक पक्का गरेको हो। पराजित भएपछि माउरियो सारीको युभेन्टसले शीर्ष स्थानमा दश अंकको अग्रता लिने मौका गुमायो।
दोस्रो स्थानको लाजियो पनि लेसेसँग २–१ ले पराजित भएको थियो। हारपछि युभेन्टस ७ अंकले अगाडी छ। जितसँगै मिलान पाँचौं स्थानमा उक्लिएको छ। मिलानले ३१ खेलबाट ४९ अंक जोडेको छ। जुन चौंथो स्थानको एटलान्टाभन्दा १४ अंकले पछाडी हो भने एएस रोमाभन्दा एक अंकले अगाडी हो। यद्यपि, मिलानले एक खेल बढी खेलेको छ।
" /> काठमाडौं। ज्लाटन इब्राहिमोभिचले पेनाल्टीमा गोल गरेको दिन एसी मिलानले गएराित इटालियन सिरी ‘ए’ को शीर्ष क्लब युभेन्टसलाई ४–२ ले पराजित गरेको छ। सान सिएरोमा पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। खेलमा ६ गोल नै दोस्रो हाफमा सम्भव भएको थियो।एड्रियन राबियोटको गोलमा युभेन्टसले ४७औं मिनेटमा अग्रता लिएको थियो। ५३औं मिनेटमा क्रिष्टियानो रोनाल्डोले अग्रता दोब्बर बनाए। साविक विजेता युभेन्टसले दुई-शून्यको अग्रता जोगाउन नसक्दा अंक जोड्न सकेन। इब्राहिमोभिचले ६२औं मिनेटमा पेनाल्टीबाट गरेको गोलबाट मिलानले अग्रता लियो।

">