काठमाडौं। ड्यानी वेलब्याकको निर्णायक गोलमा वाटफोर्डले गएराति नर्विच सिटीलाई २–१ ले पराजित गर्दै इङ्लिस प्रिमियर लिगमा रेलिगेशनबाट जोगिने सम्भावना कायम राखेको छ।
जितसँगै वाटफोर्ड ३४ खेलबाट ३१ अंक जोड्दै १७औं स्थानमा उक्लिएको छ। जुन रेलिगेशन क्षेत्रको एस्टन भिल्लाभन्दा चार अंकले माथि हो। तथापि, एस्टन भिल्लाले एक खेल कम खेलेको छ। लिगमा चार चरणका खेलमात्र बाँकी छन्।
हारसँगै नर्विच सिटी भने रेलिगेशनमा पर्ने लगभग पक्का भएको छ। लिगमा १२ अंकको खेलमात्र बाँकी हुँदा नर्विच सिटी वाटफोर्डभन्दा दश अंकले पछाडी छ। शनिबार वेष्ट ह्यामसँग पराजित भयो भने नर्विच रेलिगेशनमा पर्नेछ।
इमिलियानो बुएनडियाको गोलमा नर्विच सिटीले चौंथो मिनेटमै अग्रता लिएको थियो। तर, त्यो अग्रता लामो समय रहेन। त्यसको ६ मिनेट बित्न नपाउँदै क्रिग डाउसनले बराबरी गोल फर्काए।
५५औं मिनेटमा म्यानचेस्टर युनाइटेडका पूर्वफरवार्ड ड्यानी वेलब्याकले गरेको गोल वाटफोर्डको जितमा निर्णायक बन्यो। गत अगष्टमा वाटफोर्डसँग अनुबन्धित भएका वेलब्याकको यो पाँचौं खेल हो। ह्यामस्ट्रिङ चोटका कारण वेलब्याक गत अक्टोबरबाट मैदान बाहिर थिए।
" /> काठमाडौं। ड्यानी वेलब्याकको निर्णायक गोलमा वाटफोर्डले गएराति नर्विच सिटीलाई २–१ ले पराजित गर्दै इङ्लिस प्रिमियर लिगमा रेलिगेशनबाट जोगिने सम्भावना कायम राखेको छ।जितसँगै वाटफोर्ड ३४ खेलबाट ३१ अंक जोड्दै १७औं स्थानमा उक्लिएको छ। जुन रेलिगेशन क्षेत्रको एस्टन भिल्लाभन्दा चार अंकले माथि हो। तथापि, एस्टन भिल्लाले एक खेल कम खेलेको छ। लिगमा चार चरणका खेलमात्र बाँकी छन्।

">