काठमाडौं। विश्व ब्याडमिन्टन वरियातामा जुनियरतर्फ प्रिन्स दाहाल सातौं स्थानमा थिए। जर्मनीमा सम्पन्न योनेक्स जर्मन जुनियर इन्टरनेसनल सिरिज–२०२० खेलेर उनी भर्खरै नेपाल फर्किएका थिए। त्यतिबेला कोभिड–१९ महामारीको प्रभाव नेपालमा पनि शुरू भइसकेको थियो।
जर्मनीबाट फर्किएपछि प्रिन्स कोरियाबाट आउने राष्ट्रिय टोलीका प्रशिक्षक चोई सिउन कुकसँग प्रशिक्षण लिने योजनामा थिए। तर, उनको योजनालाई महामारीले रोकिदियो। अन्तर्राष्ट्रिय ब्याडमिन्टनमा अझै उचाइ हासिल गर्ने सपना अलपत्र पर्यो। महामारी अन्त्य हुने कुनै सङ्केत थिएन। अनुमान गर्न सक्ने अवस्था पनि थिएन। एक्लै घरमा आफूलाई फिट राख्नेबाहेक विश्व वरियताको शीर्ष नम्बर पछ्याइरहेका खेलाडी अनिश्चितताको भूमरीमा फसेका थिए।
प्रिन्सको त्यो खराब समय धेरै लामो रहेन। पछिल्लो समय व्यक्तिगत स्पर्धाका खेलाडीको प्रशिक्षण शुरू गरिएको छ। भाइरस सङ्क्रमणबाट जोगिने गरी प्रशिक्षण गर्न पाउने प्रोटोकल तयार भएको छ। त्यसैले त अचेल प्रिन्समा बेग्लै उत्साह सञ्चार भएको छ। कोरियन प्रशिक्षक चोई सिउनसँगको प्रशिक्षणमा व्यस्त छन् उनी।

“लामो समयपछि प्रशिक्षण शुरू हुँदा खुशी लागेको छ। सायद पहिला भन्दा पनि बढी उत्साहित छु,” प्रिन्सले भने, “लामो समय घरमा बस्दा लय गुम्ने हो कि भन्ने डर थियो। अब प्रशिक्षण शुरू भएको छ। पुरानै लयमा फर्किने प्रयासमा छु। भविष्यमा अझ राम्रो गर्ने आशा छ।”
विश्व ब्याडमिन्टन महासंघले ३ मार्चमा सार्वजनिक गरेको वरियातामा प्रिन्स जुनियरतर्फ सातौं स्थानमा थिए। जुन नेपाली खेलाडीले विश्व वरियातामा हासिल गरेको अहिलेसम्मकै सबैभन्दा उच्च स्थान हो। मेहनत गर्यो भने नेपाली खेलाडीले पनि अन्तर्राष्ट्रिय क्षेत्रमा सफलता हात पार्न सक्ने आशा प्रिन्सले जगाएका छन्।
खेलाडीहरूको दैनिक गुनासो सुनिरहेको नेपाली समाजमा आफ्ना सन्तानलाई यस क्षेत्रमा लाग्न प्रेरित गर्ने अभिभावक कमै हुन्छन्। जागिरे मानसिकताको धङघङी कायम नेपाली समाजमा प्रिन्सले भने फरक अभिभावक पाए। नारायण दाहाल (प्रिन्सका पिता)कै प्रेरणामा प्रिन्स ब्याडमिन्टन खेलाडीको रूपमा स्थापित भएका हुन्।
उमेर छँदा भलिबल खेल्ने नारायण हिजोआज आफैं पनि ब्याडमिन्टन खेल्न थालेका छन्। यो ब्याडमिन्टन नारायणका लागि आफू फिट रहने साधनमात्र होइन, छोराको करियरप्रति बाबुको समर्पण पनि हो। त्यसो त उनले फिटनेसका लागि ब्याडमिन्टन खेल्न थालेको धेरै वर्ष भइसक्यो।
दार्चुलाको खलङ्गामा जन्मिएका प्रिन्स उनै बुवाको पछि लागेर जान्थे। बुवाले ब्याडमिन्टन खेलेको हेर्थे। त्यहीँ हो, प्रिन्सले पहिलो पटक ब्याडमिन्टनको र्याकेट समातेको। “म सानै उमेरबाट खेल्न थालेको हो। बुवाको पछि लागेर जान्थेँ। उहाँहरू खेलेको हेर्थें, पछि खेल्न थालेँ,” प्रिन्सले ब्याडमिन्टन रोज्नुको कारण सम्झिए, “पछि यही खेलमा रूचि बढ्दै गयो। आज यहाँसम्म आइपुगेको छु।”
तीन कक्षासम्म प्रिन्सले खलङ्गामै पढे। हुन त प्रिन्स दार्चुला हुँदै काठमाडौंमा ब्याडमिन्टन खेल्न आउँथे। उमेर सानो भए पनि उनले त्यतिबेला नै सिनियर प्रतियोगितामा सहभागिता जनाएका थिए। ९–१० वर्षको उमेरमै राष्ट्रिय प्रतियोगिताहरू खेले पनि नर्भस भएर प्रायः हार्थे। “हारेपछि रुँदै फर्किन्थेँ,” उनले सम्झिए।
प्रिन्सका ठूलो बुवा काठमाडौंमै थिए। छोराले पढाइसँगै खेललाई पनि अघि बढाओस् भनेर नारायणले प्रिन्सलाई काठमाडौं पठाए। खेल्ने वातावरण होस् भनेर उनलाई साँगास्थित् नेपाल पुलिस स्कुलमा भर्ना गरिएको थियो। प्रिनसले चारदेखि सात कक्षासम्म साँगामै पढे। “ब्याडमिन्टन खेल्ने सपना र पढाइ दुवैलाई एकसाथ अघि बढाउन सकोस् भनेर मलाई यहाँ पठाउनु भएको हो,” प्रिन्सले भने, “प्रहरी स्कुलमा पढाइसँगै खेल्ने सुविधा पनि थियो। प्रशिक्षकहरू पनि हुनुहुन्थ्यो। त्यहाँ मैले आफूलाई सुधार्ने मौका पाएँ।”
.jpg)
काठमाडौं आएपछि उनले जिल्लास्तरीय प्रतियोगितामा भाग लिन थाले। पहिलो सहभागितामै उनले सफलता पनि हात पारे। उमेर समूह यु–१४ र यु–१६ का प्रतियोगितामा स्वर्ण पदक जिते। १२ वर्षे प्रिन्स त्यतिबेला यु–१९ को फाइनलमा भने पराजित भए। त्यो सफलताले प्रिन्सलाई हौस्यायो। सबैभन्दा खुशी उनका बुवा नारायण भए।
प्रिन्सले पुराना दिन सम्झिए, “मेरो त्यो सफलताबाट बुवा बढी खुशी हुनुहुन्थ्यो। काठमाडौंमा प्रहरी स्कुल पढाउने उहाँको निर्णय सही साबित भएको थियो।” २०७६ मा उनले कृष्णमोहन स्मृति ब्याडमिन्टन खेले। त्यही प्रतियोगिता उनको करिअरमा ‘टर्निङ प्वाइन्ट’ बन्यो। उक्त प्रतियोगतिामा उनी सिनियरतर्फ सेमिफाइनल र जुनियरतर्फ फाइनलमा पराजित भएका थिए।
“त्यो प्रतियोगिता खेलेपछि मेरो करिअरले नयाँ उचाइ लियो। जुनियरमा फाइनल र सिनियरतर्फ सेमिफाइनलमा हारेको थिएँ,” प्रिन्सले थपे, “त्यो प्रतियोगितामा सिनियरको सेमिफाइनल खेलेर सकिने बित्तिकै फेरि जुनियरतर्फ फाइनल खेल्नुपर्यो। दुवै कठिन खेल खेल्नुपर्दा पारजित हुनुपर्यो। तर, त्यहीँबाट मेरो करिअरले नयाँ मोड लियो।”
पुलिस क्लबमा सात कक्षा सकेपछि प्रिन्स एक वर्षे प्रशिक्षण कोर्सका लागि भारत गए। तर, भारत बसाइ लामो भएन। “भारतमा खानपिन राम्रो भएन। ट्रेनिङ पनि सोचेजस्तो भएन। त्यसकारण एक वर्षलाई गए पनि पाँच महीनामै फकिएँं,” प्रिन्सले भने। त्यसपछि उनी थाइल्यान्ड गए। थाइल्यान्डमा तीन/तीन महीना गरी एक वर्ष विशेष प्रशिक्षण पूरा गरे। जसका कारण उनको पढाइ एक वर्ष ‘ग्याप’ भयो। उनले पुलिस स्कुल छाडे। त्यसपछि उनी ललितपुरको डाँफे इङ्लिस बोर्डिङ स्कुलमा भर्ना भए। अहिले पनि उनी डाँफे इङ्लिस बोर्डिङ स्कुलमै कक्षा ९ मा अध्ययनरत छन्। खेलमा उम्दा प्रिन्सको पढाइ पनि राम्रो छ। उनले खेल र पढाइलाई सन्तुलन मिलाएका छन्।
“उनलाई सुरूमा देख्दा यति राम्रो खेल्छन् जस्तो लागेको थिएन। खेलामा धेरै रूचि राख्ने राष्ट्रियस्तरको खेलाडी होलान् भन्ने लागेको थियो,” डाँफे इङ्लिस बोर्डिङ स्कुलका प्रिन्सिपल ग्रिहेन्द्र कार्कीले भने, “तर, आज उनले जुन सफलता हासिल गरेका छन्, त्यसले हामीलाई गौरवान्वित बनाएको छ। हाम्रो विद्यार्थीले अन्तर्राष्ट्रियस्तरमा यस्तो सफलता हात पार्दा अझ खुशी लाग्दो रहेछ।”
प्रिन्सलाई अहिले मामा कमलेश निरौलाले डोहोर्याइरहेका छन्। प्रशिक्षक नभएको अवस्थामा प्रिन्सलाई मामाले नै प्रशिक्षण दिन्छन्। प्रिन्सको समय व्यवस्थापनका साथै विदेशमा हुने प्रतियोगिता भाग लिनका लागि आवश्यक सम्पूर्ण व्यवस्थापन उनैले गरिरहेका छन्। “मलाई परिवारको एकदमै ठूलो साथ छ। मेरो मामाको त अझ ठूलो हात छ,” बायाँ हाते प्रिन्सले भने, “उहाँहरूको मेहनत, हौसला र साथले आज म यहाँ छु।”

बायाँ हाते भएकाले आफूलाई फाइदा भएको प्रिन्सको विश्वास छ। उनको बलियो पक्ष ‘स्म्यास’ हो। १६ वर्षे प्रिन्सले जर्मनीमा सम्पन्न योनेक्स जर्मन जुनियर इन्टरनेसनल सिरिज–२०२० मा अन्तिम–१६ मा स्थान बनाउन सफल भएका थिए। लगातार तीन जित निकालेका प्रिन्स अन्तिम–१६ मा फ्रान्सका यानिस गउदिनसँग २–१ को सेटमा पराजित भएका थिए। त्यसअघि उनी नेदरल्यान्ड्समा सम्पन्न योनेक्स डच जुनियर इन्टरनेसनल सिरिजमा भने प्रि–क्वार्टरफाइनलबाटै बाहिरिएका थिए।
त्यसअघि उनले थाइल्यान्डमा योनेक्स सिङ्घा रोजा जुयिनर इन्टरनेसनल च्यालेन्ज खेलेका थिए। त्यसमा फाइनलमा पराजित भए। हुन त प्रिन्सले फाइनलमा धेरै खेल हारेका छन्। तर, प्रिन्सलाई हार्दा सबभन्दा दुःख लागेको यही क्षण हो। उनी भन्छन्, “जित्नुपर्ने खेल थियो त्यो। तर, सानोसानो गल्ति गर्दा हार्नुपर्यो।”
उनको जीवनमा सबभन्दा खुसीको क्षण भने दुबईमा सम्पन्न दुबई जुयिनर इन्टरनेसनल ब्याडमिन्टन सिरिजमा यु–१९ पुरुष एकल स्पर्धाको स्वर्ण पदक जित्दा हो। त्यतिबेला तल्लो वरियतामा रहेका प्रिन्सले नवौं वरियतामा रहेका तथा साबिक विजेता बरुण कपुरलाई हराउँदै स्वर्ण पदक जितेका थिए।
" /> काठमाडौं। विश्व ब्याडमिन्टन वरियातामा जुनियरतर्फ प्रिन्स दाहाल सातौं स्थानमा थिए। जर्मनीमा सम्पन्न योनेक्स जर्मन जुनियर इन्टरनेसनल सिरिज–२०२० खेलेर उनी भर्खरै नेपाल फर्किएका थिए। त्यतिबेला कोभिड–१९ महामारीको प्रभाव नेपालमा पनि शुरू भइसकेको थियो।जर्मनीबाट फर्किएपछि प्रिन्स कोरियाबाट आउने राष्ट्रिय टोलीका प्रशिक्षक चोई सिउन कुकसँग प्रशिक्षण लिने योजनामा थिए। तर, उनको योजनालाई महामारीले रोकिदियो। अन्तर्राष्ट्रिय ब्याडमिन्टनमा अझै उचाइ हासिल गर्ने सपना अलपत्र पर्यो। महामारी अन्त्य हुने कुनै सङ्केत थिएन। अनुमान गर्न सक्ने अवस्था पनि थिएन। एक्लै घरमा आफूलाई फिट राख्नेबाहेक विश्व वरियताको शीर्ष नम्बर पछ्याइरहेका खेलाडी अनिश्चितताको भूमरीमा फसेका थिए।

">