महिला भलिबल खेलाडीलाई पाेशाक सहयाेग
काठमाडौं। वैदेशिक प्रशिक्षणका लागि थाइल्याण्डमा रहेको नेपाली राष्ट्रिय महिला भलिबल टीमलाई खेल पोशाक सहयोग गरिएकाे छ।

नेपाली टीमलाई मनकामना गार्मेन्टले २५ थान ट्रयाकसुट सहयोग गरेको टीमकी व्यवस्थापक रीता काेइरालाले जानकारी दिइन्।

गार्मेन्टका प्रतिनिधि सुमीत प्रधानले करीब ८५ हजार बराबरको ट्रयाकसुट नेपाली टोलीलाई हस्तान्तरण गरे।

थाइल्याण्डमा रहेको नेपाली टाेली भोलि, १८ कात्तिकमा नेपाल फर्कंदैछ।

नेपाली टाेली २९ असोजमा थाइल्याण्ड प्रस्थान गरेका थिए।

एभिसी सेन्ट्रल जोन महिला भलिबल २२-२७ कात्तिकमा हुनेछ।

प्रतिक्रिया दिनुहोस्