'मेसीले आफ्नो करिअर बार्सिलोनाबाटै अन्त्य गर्ने'
<p>काठमाडौं। लियोनल मेसीले आफ्नो फुटबल करिअर बार्सिलोनाबाट अन्त्य गर्ने क्लबका अध्यक्षले बताएका छन्। </p>
<p>बार्सिलोनाका अध्यक्ष जोसेप मारिया बार्टोमेउले अर्जेन्टिनाका फरवार्ड मेसीले क्लबसँगको सम्झैता नविकरण गर्ने इच्छा नदेखाएको भन्ने समाचारको खण्डन गरेका हुन्। ३३ वर्षे मेसीको बार्सिलोनासँगको सम्झौता २०२१ मा सकिदैछ। </p>
<p>‘‘हामीले धेरै खेलाडीसँग छलफल गरिरहेका छौं। तर, मेसीले आफू क्लबमै बस्ने बताइसकेका छन्,’’ स्पेनिस नेटवर्क मुभिस्टारसँग बार्टोमेउले भनेका छन्, ‘‘त्यसैले हामी उनी लामो समयसम्म क्लबमा रहन्छन् भन्नेमा विश्वस्त छौं।’’</p>
<p>भिल्लारियालमाथि ४-१ को नतिजा निकोलेपछि बार्सिलोनाले उपाधि जित्ने झिनो आशा कायम राखेका छन्। बार्सिलोना ला लिगाको शीर्ष क्लब रियाल मड्रिडभन्दा चार अंकले पछाडी छ। लिगमा अब चार खेल मात्र बाँकी छ।</p>
प्रतिक्रिया दिनुहोस्
