काठमाडौं। माइकल केनको आत्मघाती गोलमा टोटेनह्यामले गएराति इङ्लिस प्रिमियर लिगमा एभर्टनलाई १-० ले पराजित गरेको छ। प्रिमियर लिगमा जोजे माउरिन्होको यो २००औं जित हो। अर्जेन्टिनाका जियोभानी लो सेल्सोले हानेको पेनाल्टी क्षेत्रबाट हानेको प्रहार केनको खुट्टामा लागेर गोलमा परिणत भएको थियो।
टोटेनह्यामलाई जिताउन केनको त्यही आन्मघाती गोल पर्याप्त भयो। यससँगै टोटेनह्यामका प्रशिक्षक माउरिन्हो प्रिमियर लिगमा २००औं जित हासिल गर्ने पाँचौं प्रशिक्षक बनेका छन्। जितसँगै टोटेनह्याम ३३ खेलबाट ४८ अंक जोड्दै आठौं स्थानमा छ। जुन छैटौं स्थानको उल्भरह्याम्पटनको चार अंकले कम हो भने पाँचौ स्थानको म्यानचेस्टर युनाइटेडको भन्दा सात अंकले पछाडी हो।
एभर्टज ४४ अंकका साथ ११औं स्थानमा छ। टोटेनह्याम यसअघि सेफिल्ड युनाइटेडसँग ३–१ ले पराजित भएको थियो। एभर्टनले भने तेस्रो स्थानको लेस्टर सिटीलाई २–१ ले हराएको थियो।
" /> काठमाडौं। माइकल केनको आत्मघाती गोलमा टोटेनह्यामले गएराति इङ्लिस प्रिमियर लिगमा एभर्टनलाई १-० ले पराजित गरेको छ। प्रिमियर लिगमा जोजे माउरिन्होको यो २००औं जित हो। अर्जेन्टिनाका जियोभानी लो सेल्सोले हानेको पेनाल्टी क्षेत्रबाट हानेको प्रहार केनको खुट्टामा लागेर गोलमा परिणत भएको थियो।टोटेनह्यामलाई जिताउन केनको त्यही आन्मघाती गोल पर्याप्त भयो। यससँगै टोटेनह्यामका प्रशिक्षक माउरिन्हो प्रिमियर लिगमा २००औं जित हासिल गर्ने पाँचौं प्रशिक्षक बनेका छन्। जितसँगै टोटेनह्याम ३३ खेलबाट ४८ अंक जोड्दै आठौं स्थानमा छ। जुन छैटौं स्थानको उल्भरह्याम्पटनको चार अंकले कम हो भने पाँचौ स्थानको म्यानचेस्टर युनाइटेडको भन्दा सात अंकले पछाडी हो।
एभर्टज ४४ अंकका साथ ११औं स्थानमा छ। टोटेनह्याम यसअघि सेफिल्ड युनाइटेडसँग ३–१ ले पराजित भएको थियो। एभर्टनले भने तेस्रो स्थानको लेस्टर सिटीलाई २–१ ले हराएको थियो।
">