ढकाललाई राखेप सदस्यसचिवको जिम्मेवारी

काठमाडौं। युवा तथा खेलकुद मन्त्रालयले खेलकुद विकास महाशाखाका प्रमुख भक्तबहादुर ढकाललाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सदस्यसचिवको जिम्मेवारी दिएको छ।

२१ असारको मन्त्रीस्तरीय निर्णयानुसार ढकाललाई सदस्यसचिवको जिम्मेवारी दिइएको राखेपले जनाएको छ।

राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ को दफा १७ को उपदफा (१२) बमोजिम अर्को व्यवस्था नभएसम्मका लागि राखेपको सदस्यसचिवले गर्ने कार्य गर्ने गरी जिम्मेवारी दिइएको युवा तथा खेलकुद मन्त्रालयले जनाएको छ।

सुर्खेत निवासी ५७ वर्षीय ढकाल करिब एक महिनाअघि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट सरूवा भई खेलकुद मन्त्रालयमा आएका थिए। राखेपका विभागीय प्रमुख कुलबहादुर थापाले सदस्यसचिव ढकाललाई बधाइ दिएका थिए।

प्रतिक्रिया दिनुहोस्