एमसीसीसँग नेपाल यू-१९ टोली ३८ रनले पराजित

काठमाडौं। नेपाल भ्रमणमा रहेको बेलायतको मेरिलेबोन क्रिकेट क्लब एमसीसीले पहिलो खेल जितेको छ।

नेपालकाे यू-१९ टीमसँग आज भएको खेलमा एमसीसी ३८ रनले विजयी भएको हो।

कीर्तिपुरस्थित टीयू मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको एमसीसीले ५० ओभर खेल्दै ७ विकेटकाे क्षतिमा ३३४ रन बनाएको थियो।

उच्च स्काेर बनाउने क्रममा एमसीसीका लागि विल रोड्सले ८३ बल खेल्दै १३ चौका र ४ छक्काको मद्दतमा सर्वाधिक ९३ रन बनाए।

यस्तै टम वेस्टले र माइल्स हमोन्डले समान ६५ रन जोडे।

एड योङले नटआउट ४५ रन बनाए।

नेपालका लागि बलिङमा शेर मल्ल र सागर ढकालले २ विकेट लिए।

३३५ रनको उच्च लक्ष्य पछ्याएको नेपाली युवा टोलीले पूरै ५० ओभर खेल्दै ९ विकेट गुमाएर २९६ रन बनायो।

अनुभवी एमसीसीको बलरविरुद्ध रीत गौतमको कप्तानीमा रहेको नेपाली युवा टोलीले उत्कृष्ट ब्याटिङ गरेको हो।

नेपालका लागि हरि चौहानले सर्वाधिक ५२ रन बनाए भने ओपनर रीत गौतमले ४५ रन जोडे।

यस्तै आकाश चन्दले ३० रन बनाउँदा शेर मल्लले नटआउट २८ रन बनाए।

एमसीसीका लागि क्रिस राइटले ३ तथा माइल्स हमोन्ड र टम वेस्टलेले २-२ विकेट लिए।

प्रतिक्रिया दिनुहोस्