मैत्रीपूर्ण खेलका लागि नेपाली टाेली म्यानमार प्रस्थान

काठमाडौं। मैत्रीपूर्ण फुटबल खेलका लागि नेपाली राष्ट्रिय फुटबल टोली आज म्यानमार प्रस्थान गरेको छ।

फिफा विश्वकप र एशियन कप छनोटअन्तर्गत ३ मंसीरमा कुवेतविरुद्ध हुने खेलको तयारीका लागि नेपालले म्यानमारसँग मैत्रीपूर्ण खेल खेल्न लागेको हो।

नेपाल र म्यानमारबीचको खेल २१ कात्तिकमा हुनेछ।

टोलीलाई आज अखिल नेपाल फुटबल संघ एन्फाले बिदाइ गरेको थियो।

नेपाली टोलीलाई एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पाले बिदाइ गरे।

मैत्रीपूर्ण खेलका लागि यसअघि नै २३ सदस्यीय नेपाली टोली घोषणा भइसकेको छ, जसमा फरवार्ड भरत खवासले 'कमब्याक' गरेका छन्।

म्यानमारसँगको खेललाई कुवेतसँगको खेलको तयारीको रूपमा हेरिएको छ।

कुवेतसँग नेपालले दशरथ रंगशालमै खेल्ने तालिका छ।

नेपाली टीम:

गोलकिपर: विकेश कुथु, विशाल श्रेष्ठ, एलन न्यौपाने

डिफेन्डर: सरोज दाहाल, अजित भण्डारी, दिनेश राजवंशी, अनन्त तामाङ, देवेन्द्र तामाङ, रजिन धिमाल, सुमन अर्याल

मिडफिल्डर: सुनिल बाल, रवी पासवान, अन्जन बिष्ट, सुजल श्रेष्ठ, बिक्रम लामा, तेज तामाङ, सन्तोष तामाङ, सुवास गुरुङ, मिक्चेन तामाङ

फरवार्ड: भरत खवास, विमल घर्ती मगर, अभिषेक रिजाल, नवयुग श्रेष्ठ

प्रतिक्रिया दिनुहोस्