काठमाडौं। तीस वर्षपछि इङ्लिस प्रिमियर लिगको उपाधि पक्का गरेपछि लिभपुलले गएराति पहिलोपटक घरेलु मैदान एनफिल्डमा खेल्यो। घरेलु मैदानमा लिभरपुलका खेलाडीलाई ‘गार्ड अफ अनर’ दिइएको थियो। केन्नी डगलिस स्ट्यान्डमा ‘लिभरपुल–फेरि च्याम्पियन’ लेखिएको ब्यानर राखिएको थियो।
१९९० पछि लिभरपुलले यस सिजन पहिलोपटक उपाधि जितेको थियो। उपाधि पक्का गरेपछि लिभरपुलले पहिलोपटक घरेलु मैदानमा खेलेको हो। ७१औं मिनेटमा सडियो मानेले गरेको गोलबाट लिभरपुलले अग्रता लिएको थियो। ८९औं मिनेटमा वैकल्पिक खेलाडी कर्टिस जोन्सले मोहम्मद सालाहको पासमा गोल गर्दै लिभरपुलको जित पक्का गरेका थिए।

एनफिल्डमा लिभरपुलको यो लगातार १७औं जित हो। अब लिभरपुलले बर्नली र चेल्सीलाई पराजित गरे जारी सिजन घरेलु मैदानमा शतप्रतिशत नतिजा निकाल्नेछ। लिगको बाँकी पाँचमध्ये चार खेल जिते लिभरपुलले सिटीको एकै सिजन १०० अंक जोडेको कीर्तिमान तोड्नेछ।
अघिल्लो खेलमा लिभरपुल सिटीसँग ४–० ले पराजित भएको थियो। यो जितसँगै लिभरपुलको ३३ खेलबाट ८९ अंक भएको छ। दोस्रो स्थानको सिटीको ६६ अंक छ। पराजित एष्टन भिल्ला २७ अंकका साथ रेलिगेशन क्षेत्रमा छ।
" /> काठमाडौं। तीस वर्षपछि इङ्लिस प्रिमियर लिगको उपाधि पक्का गरेपछि लिभपुलले गएराति पहिलोपटक घरेलु मैदान एनफिल्डमा खेल्यो। घरेलु मैदानमा लिभरपुलका खेलाडीलाई ‘गार्ड अफ अनर’ दिइएको थियो। केन्नी डगलिस स्ट्यान्डमा ‘लिभरपुल–फेरि च्याम्पियन’ लेखिएको ब्यानर राखिएको थियो।१९९० पछि लिभरपुलले यस सिजन पहिलोपटक उपाधि जितेको थियो। उपाधि पक्का गरेपछि लिभरपुलले पहिलोपटक घरेलु मैदानमा खेलेको हो। ७१औं मिनेटमा सडियो मानेले गरेको गोलबाट लिभरपुलले अग्रता लिएको थियो। ८९औं मिनेटमा वैकल्पिक खेलाडी कर्टिस जोन्सले मोहम्मद सालाहको पासमा गोल गर्दै लिभरपुलको जित पक्का गरेका थिए।

">