काठमाडौं। चे एडम चलाखीपूर्ण ढंगले गरेको गोलमा साउथह्याम्पटनले गएराति इङ्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीलाई १–० ले पराजित गरेको छ। क्लबका लागि ३०औं खेल खेलिरहेका सिटीका रक्षक ओलेक्जान्डर जिनचेन्कोले गरेको गल्तिमा पाएको बलमा एडमले झन्डै ४० मिटर टाढाबाट गरेको लामो प्रहार गोलमा परिणत भएको थियो।
१६औं मिनेटमा सिटीका एडर्सन मोरेस अगाडीको बढेको फाइदा एडमले लिएका थिए। एक- शून्यले पछि परेपछि सिटीले निरन्तर विपक्षी पोष्टमा आक्रमण गरेको थियो। तर, सिटीको प्रहारलाई साउथह्याम्पटनका गोलकिपर एलेक्स म्याक्कार्थीले बचाएका थिए। सर्जियो अग्विरो चोटका टीममा नभएको खेलमा सिटीका खेलाडीले विपक्षी पोष्टमा २६ प्रहार गरेको थियो। तर, त्यसलाई गोलमा परिणत गर्न सफल भएनन्।
लिगको अवे खेलमा सिटीको यो लागातार तेस्रो हार हो। प्रशिक्षक पेप ग्वार्डिओलाको करिअरमा यस्तो भएको यो पहिलो हो। सिटी ६६ अंकका साथ दोस्रो स्थानमा छ। जुन उपाधि पक्का गरिसकेको लिभरपुलभन्दा २३ अंकले पछाडी हो। साउथह्याम्पटन ४३ अंकका साथ १३औं स्थानमा छ।
" /> काठमाडौं। चे एडम चलाखीपूर्ण ढंगले गरेको गोलमा साउथह्याम्पटनले गएराति इङ्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीलाई १–० ले पराजित गरेको छ। क्लबका लागि ३०औं खेल खेलिरहेका सिटीका रक्षक ओलेक्जान्डर जिनचेन्कोले गरेको गल्तिमा पाएको बलमा एडमले झन्डै ४० मिटर टाढाबाट गरेको लामो प्रहार गोलमा परिणत भएको थियो।१६औं मिनेटमा सिटीका एडर्सन मोरेस अगाडीको बढेको फाइदा एडमले लिएका थिए। एक- शून्यले पछि परेपछि सिटीले निरन्तर विपक्षी पोष्टमा आक्रमण गरेको थियो। तर, सिटीको प्रहारलाई साउथह्याम्पटनका गोलकिपर एलेक्स म्याक्कार्थीले बचाएका थिए। सर्जियो अग्विरो चोटका टीममा नभएको खेलमा सिटीका खेलाडीले विपक्षी पोष्टमा २६ प्रहार गरेको थियो। तर, त्यसलाई गोलमा परिणत गर्न सफल भएनन्।
लिगको अवे खेलमा सिटीको यो लागातार तेस्रो हार हो। प्रशिक्षक पेप ग्वार्डिओलाको करिअरमा यस्तो भएको यो पहिलो हो। सिटी ६६ अंकका साथ दोस्रो स्थानमा छ। जुन उपाधि पक्का गरिसकेको लिभरपुलभन्दा २३ अंकले पछाडी हो। साउथह्याम्पटन ४३ अंकका साथ १३औं स्थानमा छ।
">