काठमाडौं। बेन स्टोक्स इङ्ल्यान्डका ८१औं टेष्ट कप्तान बन्ने पक्का भएको छ। नियमित कप्तान जो रूट अनुपस्थित हुने भएपछि स्टोक्सको कप्तानीको जिम्मेवारी पक्का भएको हो।
वेष्ट इन्डिजविरुद्ध ८ जुलाईबाट शुरू हुने टेष्ट शृंखलाका लागि इङ्ल्यान्डले सार्वजनिक गरेको टीममा स्टोक्सलाई कप्तानीको जिम्मेवारी दिइएको छ।
दोस्रो सन्तानको जन्म हुन लागेका कारण परिवारलाई समय दिनुपर्ने भएकाले नियमित कप्तान रूटले पहिलो टेष्ट गुमाउने भएका हुन्।
इङ्ल्यान्डले १३ सदस्सीय टीममा तीब्र गतिका बलरलाई प्राथमिकतामा राखेको छ। तीब्र गतिका बलर जेम्स एन्डरसन, स्टुवार्ट ब्रोड, जार्फा आर्चर र मार्क उड रहेका छन्।
त्यस्तै अलराउन्डरमा स्टोक्स र क्रिस वोक्स छन्। स्पिनरमा डोमिनिक बेसमात्र छन्। ज्याक लेच र साम कुरान बैकल्पिक खेलाडीको सूचीमा परेका छन्।
इङ्ल्यान्डको टीमः
बेन स्टोक्स (कप्तान), जेम्स एन्डरसन, जोर्फा आर्चर, डोमिनिक बेस, स्टुवार्ट ब्रोड, रोरी बर्न्स, जोस बट्लर, ज्याक क्राउले, जोए डीनले, ओलिइ पोपे, डोम सिबले, क्रिस वोक्स, मार्क उड
बैकल्पिकः
जेम्स ब्रासे, साम कुरान, वेन फेएक्स, डन लोरेन्स, ज्याक लेच, साकिब महमुद, क्रिग ओभरटन, ओलिइ रोविन्सन, ओले स्टोन
" /> काठमाडौं। बेन स्टोक्स इङ्ल्यान्डका ८१औं टेष्ट कप्तान बन्ने पक्का भएको छ। नियमित कप्तान जो रूट अनुपस्थित हुने भएपछि स्टोक्सको कप्तानीको जिम्मेवारी पक्का भएको हो।वेष्ट इन्डिजविरुद्ध ८ जुलाईबाट शुरू हुने टेष्ट शृंखलाका लागि इङ्ल्यान्डले सार्वजनिक गरेको टीममा स्टोक्सलाई कप्तानीको जिम्मेवारी दिइएको छ।

">