टी-२० विश्वकप ग्लोबल क्वालिफायरको उपाधि नेदरल्याण्ड्सलाई

काठमाडौं। युएईमा भएको आइसीसी टी-२० विश्‍वकप क्रिकेट ग्लोबल क्वालिफायरको उपाधि नेदरल्याण्ड्सले जितेको छ।

गएराति दुबईमा भएको फाइनलमा नेदरल्याण्ड्सले पपुवा न्यू गिनीलाई ७ विकेटले पराजित गरेको हो।

पप्वा न्यु गिनीले दिएको १२९ रनको लक्ष्य नेदरल्याण्ड्सले १९ ओभर खेल्दै ३ विकेट गुमाएर पूरा गरेको हो। नेदरल्याण्ड्सको जितमा बेन कुपरले सर्वाधिक ४१ रन बनाए।

यस्तै राएन टेन डेसकाटेले नटआउट ३४ रनको योगदान गरे। कोलिन अकरमनले नटआउट २९ रन जोडे।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पपुवा न्यू गिनीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १२८ रन बनाएको थियो।

उसका लागि लेगा सिएकाले सर्वाधिक ३९ रन बनाए भने सेसे बाउले २९ रन जोडे। जासोन किला २९ रनमा नटआउट रहे।

नेदरल्याण्ड्सका लागि ब्रान्डोन ग्लोभरले ३ विकेट लिए। उनी खेलको म्यान अफ दी म्याच भए।

१४ टोली सहभागि क्वालिफायरबाट शीर्ष ६ टोलीले यसअघि नै अर्को वर्ष अष्ट्रेलियामा हुने टी-२० विश्वकपमा स्थान बनाइसकेका छन्।

क्वालिफायरमा नामिबियाका जेर्हार्ड एरासमस प्लेअर अफ दी सिरिज घोषित भए।

क्वालिफायरबाट नेदरल्याण्ड्स र पपुवा न्यू गिनीसँगै आयरल्याण्ड, नामिबिया, स्कटल्याण्ड र ओमान विश्‍वकपमा छनोट भएका छन्।

प्रतिक्रिया दिनुहोस्