काठमाडौं। जाभी जारी सिजनको अन्त्यपछि स्पेनिस ला लिगाको क्लब बार्सिलोनाको प्रशिक्षक बन्न राजी भएका छन्।
स्पेनिस संचारमाध्यमका अनुसार जाभीले सिजन सकिएपछि अहिलेका प्रशिक्षक क्वेक सेटिनलाई प्रतिस्थापन गर्नेछन्।
गत जनवरीमा अर्नेष्टो भाल्भार्डेलाई क्लबले बर्खास्त गरेपछि सेटिन बार्सिलोना प्रशिक्षकको ‘हट सिट’मा पुगेका थिए। तर, एक ६ महिना नबित्दै सेटिनको जागिर धरापमा परसकेको छ।
बार्सिलोना अहिले ला लिगाको उपाधि होडमा चीर प्रतिद्वन्द्वी रियाल मड्रिडभन्दा चार अंकले पछाडि छ। त्यस्तै क्लबमा सिनियर खेलाडीहरू सेटिनसँग असन्तुष्ट छन्।
मुन्डो डेपोर्टिभोका अनुसार सेटिन सिजनको अन्त्यसँगै बर्खास्त हुनेछन् र उनको स्थान जाभीले लिनेछन्। त्यसका लागि दुई पक्षबीच सहमति भइसकेको छ।
भाल्भार्डे बर्खास्त हुदाँ नै जार्भी बार्सिलोना फर्किने चर्चा थियो। तर, कतारी क्लब अल सादमा रहेका जाभीको सट्टा सेटिनलाई प्रशिक्षकमा नियुक्त गरिएको थियो।
लियोनल मेसीसहित क्लबका सिनियर खेलाडीले जाभीलाई समर्थन गरेका छन्। पछिल्लो समय मेसीको भविष्यलाई लिएर विभिन्न अड्कलबाजी गर्न थालिएको छ।
जाभीले यसअघि नै आफ्नो प्रशिक्षण टीमलाई करियरको एउटा विन्दुमा बार्सिलोनाको प्रशिक्षण सम्हाल्ने बताइसकेका थिए।
" /> काठमाडौं। जाभी जारी सिजनको अन्त्यपछि स्पेनिस ला लिगाको क्लब बार्सिलोनाको प्रशिक्षक बन्न राजी भएका छन्।स्पेनिस संचारमाध्यमका अनुसार जाभीले सिजन सकिएपछि अहिलेका प्रशिक्षक क्वेक सेटिनलाई प्रतिस्थापन गर्नेछन्।

">