अवालेमाथि निर्वाचित कोषाध्यक्षलाई अवैधानिक ढंगले हटाएर आफू निकटका रामबहादुर गिरीलाई जिम्मेवारी दिएर आर्थिक हिनामिना गरेको तथा भोटको राजनीतिका लागि १४ जिल्ला संघ आफूखुशी थपेको आरोप लागेको छ।
“अध्यक्षले संघको प्रतिष्ठामा आँच आउने धेरै काम गर्नु भएको छ। म संघमा महासचिव छु। तर, मसँग नै केही सल्लाह नगरी उनले एकलौटी रूपमा निर्णय गर्दै जानु भएको छ,” भट्टाचार्यले भने,“ अध्यक्ष आफै गुटबन्दी गर्न थाल्नु भएको छ। गुटमा बहुमत छ भन्ने ठानेर उहाँले विमति राख्नेहरूलाई पाखा लगाउने काम गर्नु भएको छ। उहाँ आफैंले एउटा गुट बनाएर चल्न थालेपछि बाहिर भएकाहरू एक ठाँउमा उभिएका छौं।”
विधानअनुसार राखेपअन्तर्गत रहेका संघहरूले वर्षमा एकपटक साधारण सभा गर्नुपर्ने भन्ने छ। तर, अवालेले चार वर्षे कार्यकालमा एकपटक पनि साधारण सभा नगरेको, आर्थिक पारदर्शिता कायम नगरेको तथा विधानविपरीत आफूखुशी काम गरेको महासचिव भट्टाचार्यले बताए।
कोषाध्यक्ष परिवर्तन
अध्यक्ष अवालेले आफूलाई सहयोग नगरेको भन्दै निर्वाचित कोषाध्यक्ष गौतम सुजखुलाई हटाएर रामबहादुर गिरीलाई कार्यबाहक कोषाध्यक्ष बनाएका थिए। त्यसपछि संघभित्रको विवादले अझै चर्को रूप लिएको थियो। कोषाध्यक्ष सुजखुले आर्थिक नियमावली बनाएर कारोबार गरौं भन्दा अध्यक्षले आफूलाई थाहै नदिई हटाइएको बताए। त्यस्तै, महासचिव भट्टाचार्यले राष्ट्रिय खेलकुद परिषद् (राखेप) कर्मचारीसँगको मिलेमतोमा अध्यक्षले मनपरी गरेको बताए।
“संघमा पैसा खर्च गर्ने नियम नै थिएन। अध्यक्षले आफूखुशी पैसा निकाल्न थाल्नुभएपछि मैले आर्थिक नियमावली बनाएर काम गरौँ भनेको थिएँ। उहाँले हुन्छ पनि भन्नु भयो तर, पछि फेरि मनपरी पैसा खर्च गर्न थाल्नु भयो। मैले त्यसको विरोध गरेँ,” सुजखुले भने, “रकम कहाँ, किन खर्च भइरहेको छ भन्ने कुरा पदाधिकारीलाई थाहा हुँदैनथ्यो। म विदेशमा भएको बेला चेकमा अर्कोको सही चल्ने गरी निर्णय गरेर परिवर्तन गर्नु भएछ।”
सुजखुले कोषाध्यक्ष पदबाट हटाएको पत्र माग्दा आफूले नपाएको बताए। सुजखुले राजीनामा पत्र बुझाउँदा पत्र लिन पनि अस्विकार गरेको बताए। “मलाई हटाउने निर्णय गरेको बैठकमा कोरम नपुगेपछि उहाँहरू घर–घरमा गएर सही गर्न लगाउनु भएको छ। मैले विधिसम्मत ढंगले काम गरौं भन्दा असहयोग गरेको भनेर मलाई आरोप लगाउनु भएको छ।
तर, अध्यक्ष अवालेले कार्यसमितिको पूर्ण बैठकबाट कोषाध्यक्ष परिवर्तन गर्ने निर्णय गरेको बताए। उनले बक्सिङ खेलको विकास गर्नका लागि यस्तो निर्णय गर्नु परेको बताए। “खेलाडी तथा प्रशिक्षकका लागि पैसा निकासा गर्न सँधै हायल कायल हुने। मलाई कहिल्यै सहयोग भएन। बक्सिङ खेललाई अगाडी बढाउनका लागि मैले कार्यबाहक कोषाध्यक्ष बनाएको हुँ,” अध्यक्ष अवालेले भने।
महासचिव भट्टाचार्यले राखेपले पनि विधान विपरीत काम गर्न प्रोत्साहन गरेको बताए। उनले भने, “बक्सिङ संघको विधान राखेपले पारित गर्नुपर्छ। तर, आफैंले पारित गरेको विधान विपरीत राखेपले चिठ्ठी बनाएको छ।”
१४ जिल्ला संघ थपियो
बक्सिङ संघको चुनाव नजिकिदै गर्दा १४ जिल्लालाई मान्यता दिएर मताधिकार दिइएको छ। अध्यक्ष अवालेले आगामी चुनावलाई लक्षित गरी बक्सिङ गतिविधि नै नभएको जिल्लामा पनि संघ विस्तार गरेको महासचिव भट्टाचार्यले बताए। “बक्सिङ गतिविधि हुने जिल्लामा विस्तार गरिएको छैन तर, गतिविधि नै नहुने ठाँउमा संघ विस्तार गरिएको छ। १४ मध्ये अधिकांश जिल्लामा बक्सिङ गतिविधि नै हुदैनन्,” महासचिव भट्टाचार्यले भने, “जिल्ला संघ बढाउने कुरामा पनि उहाँ (अध्यक्ष)ले आफैंले निर्णय गरेर सदस्यहरूको घर–घरमा गएर हस्ताक्षर गराउनु भएको छ।”
गत असार २५ गते कार्यसमितिको बैठक बोलाएको तर, अध्यक्षकै अनुरोधमा पछि बैठक स्थगित गरिएको महासचिव भट्टाचार्य बताउँछन्। तर, पछि अध्यक्षले त्यही मितिलाई आधार मानेर निर्णय गरी सदस्यको घर–घरमा गएर हस्ताक्षर गर्न लगाएको महासचिव भट्टाचार्य बताउँछन्।
विधानविपरीतको सचिवालय समिति
कार्यसम्पादन चुस्त दुरुस्त बनाउनका लागि संघले सचिवालय समिति गठन गरेको थियो। भट्टाचार्यका अनुसार महासचिवको अनिवार्य उपस्थिति हुनुपर्ने सहमतिमा सचिवालय गठन गरिएको थियो।
“संघमा सचिवालय समिति भन्ने छैन। सहमतिका आधारमा गर्ने भनेर सचिवालय बनाएको हौं। तर, सहमति नै नभएपछि सचिवालयको निर्णय कसरी मान्य हुन्छ। विधानमा त यस्तो समितिको व्यवस्था नै छैन,” महासचिव भट्टाचार्यले भने, “तर, मलाई थाहै नदिई सचिवालय समितिको हवाला दिदै महत्वपूर्ण निर्णय गरिएको छ। बैठकमा म उपस्थित नहोस् भनेर भोलिपल्ट बिहानको बैठकका लागि राति म्याजेर गरेर जानकारी दिइन्थ्यो। म हेटौँडा बस्ने मान्छे कसरी भोलिपल्ट बिहानै आउने ? नियतवस यस्तो गरियो। महासचिवबिना बैठक गर्न थाल्नु भयो।”
" /> काठमाडौं। नेपाल बक्सिङ संघका अध्यक्ष राम अवाले विवादमा परेका छन्। उनीमाथि विधान विपरीत काम गरेको र गुटबन्दी गरेको आरोप लागेको छ। संघका महासचिव सविन भट्टाचार्यले बक्सिङ संघ विशेष गरी आर्थिक र सांगठनिक रूपमा धेरै गन्जागोल भएको बताएका छन्।अवालेमाथि निर्वाचित कोषाध्यक्षलाई अवैधानिक ढंगले हटाएर आफू निकटका रामबहादुर गिरीलाई जिम्मेवारी दिएर आर्थिक हिनामिना गरेको तथा भोटको राजनीतिका लागि १४ जिल्ला संघ आफूखुशी थपेको आरोप लागेको छ।

">