एमसीसी र नेपाल यू-१९ टीमबीच क्रिकेट आज <p>काठमाडौं। एमसीसी लेगेसी टूरअन्तर्गत १६ असोजमा नेपाल आइपुगेको बेलायतको मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) ले आज पहिलो खेल खेल्दैछ।</p> <p>एमसीसी र नेपाल यू-१९ टीमबीच आज काठमाडौंको कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय मैदानमा खेल हुनेछ। खेल बिहान ९:३०&nbsp;बजे शुरु हुनेछ।</p> <p>जिम्मी एडम्सको कप्तानीमा १३ सदस्यीय टोली र ४ अफिसिलयसहितको टोली हिजो बिहान काठमाडौं आएको हो।</p> <p>एमसीसीले नेपालमा रहँदा वानडे टी- २० र फस्टक्लास क्रिकेट गरी कूल ६ खेल खेल्नेछ।</p>
प्रतिक्रिया दिनुहोस्