काठमाडौं। अल्भारो मोराटाको दुई गोलप्रेरित एट्लेटिको मड्रिडले गएराति स्पेनिस ला लिगामा मालोर्कालाई ३-० ले पराजित गरेको छ। जितसँगै एट्लेटिकोले शीर्ष चारको सम्भावना बलियो बनाएको छ।
मोराटाले पेनाल्टीमा गरेको गोलबाट एट्लेटिकोले घरेलु मैदानमा २९औं मिनेटमा अग्रता लिएको थियो। मालोर्काका रक्षक एलेक्जेन्डर सेडलरले पेनाल्टी क्षेत्रमा मोराटालाई फाउल गरेपछि एट्लेटिको पेनाल्टी अवसर पाएको थियो। मोराटाले हानेको पहिलो प्रहारलाई मालोर्काका गोलकिपर मानोलो रैनाले बचाइदिएका थिए।
तर, भिडियो सहायक रेफ्री (भिएआर)ले रैना चाँडै गोललाइन छोडेको भन्दै एट्लेटिकोलाई पुनः पेनाल्टी प्रहार गर्ने अवसर दिएको थियो। यो अवसरमा भने मोराटा चुकेनन्। पहिलो हाफको अन्तिम मिनेटमा मोराटाले नै अग्रता दोब्बर बनाए। उनले मार्कोस लोरेन्टेको क्रसलाई पोस्टको दिशा दिएका थिए।
७९औं मिनेटमा कोकेले अर्को गोल थपेपछि एट्लेटिकोले सहज जित हासिल गर्याे।
जितसँगै एट्लेटिको ६२ अंकका साथ तेस्रो स्थानमा छ। जुन चौथो स्थानको सेभियाभन्दा पाँच अंकले माथि हो भने दोस्रो स्थानको बार्सिलोनाभन्दा आठ अंकले पछाडि। तथापि एट्लेटिकोले एक खेल बढी खेलेको छ।
हारसँगै मालोर्काको भने रेलिगेसनमा पर्ने सम्भावना बढेको छ। मालोर्काको २९ अंक छ, जुन रेलिगेसनभन्दा माथि रहेको सेल्टा भिगोभन्दा पाँच अंकले तल हो।

एट्लेटिकोको जितमा मोराटा नायक

७९औं मिनेटमा कोकेले अर्को गोल थपेपछि एट्लेटिकोले सहज जित हासिल गर्‍याे।