साने पाँच वर्षका लागि बायर्नमा अनुबन्ध

काठमाडौं। बुन्डेसलिगाको क्लब बायर्न म्युनिखले अन्तत: शुक्रबार जर्मनीका विंगर लेरोए सानेलाई पाँच वर्षका लागि अनुबन्ध गरेको छ।

बायर्नले सिटीका विंगर २४ वर्षे सानेसँग २०२५ सम्मका लागि अनुबन्ध गरेको बताए। बायर्नले नयाँ सिजनका लागि अर्को साताबाट तयारी सुरू गर्ने छ।

“साने उत्कृष्ट खेलाडी हुन्। जुन उनले विगतका वर्षमा आफूलाई प्रमाणित पनि गरिसकेका छन्,” बायर्नका प्रमुख कार्ल–हेन्ज रूम्मेन्गीले भने, “हाम्रो लक्ष्य बायर्नमा जर्मनीका उत्कृष्ट खेलाडी भित्राउने हो। सानेको अनुबन्धले हाम्रो लक्ष्यलाई बल पुगेको छ।”

सानेका लागि बायर्नले ५ करोड युरो खर्च गरेको बताइएको छ। २४ वर्षीय साने २०१६ मा साल्केबाट सिटीमा अनुबन्ध भएका थिए। सिटीसँग उनको सम्झौता एक वर्षका लागि मात्र बाँकी थियो। गत वर्ष कम्युनिटी शिल्ड मा लिभरपुलविरुद्ध खेल्दा घुँडाको लिगामेन्टमा चोट लागेपछि साने लामो समय मैदान बाहिर थिए।

सिटीका प्रशिक्षक पेप ग्वार्डिवलाले यसअघि नै सानेले क्लबको दुईतीन विकल्पको प्रस्तावलाई अस्वीकार गरेको बताएका थिए। सानेले सिटीबाट १९२ खेलमा ५२ गोल गरेका थिए।

प्रतिक्रिया दिनुहोस्