अनलाइन करातेमा नेपाललाई चार स्वर्ण पदक
काठमाडौं। आइएसकेयू इन्टरनेशनल अनलाइन काता च्याम्पियनसिप २०२० मा नेपालले चार स्वर्ण पदक जितेको छ।

मच्छेगाउँ नरहरिपुर कराते डोजोकी सञ्जु देसारले महिला क्याडेट इभेन्ट्समा श्रीलंकाकी एसएभी देभमिनी डि सिल्भालाई पराजित गर्दै स्वर्ण पदक जितिन्।

सात वर्षमुनिको स्पर्धामा आयोजक भारतका सात्विक खेतानलाई पराजित गर्दै नेपालका प्रशन्न घर्ती मगरले स्वर्ण पदक जिते।

आठ वर्ष मुनितर्फ सत्कार घर्ती मगरले श्रीलंकाका थरुशा लकमललाई हराएर स्वर्ण पदकमा कब्जा जमाउँदा महिला १० वर्षमुनिको स्पर्धामा दीक्षा महताराले उपाधि जितिन्। दीक्षाले इरानकी साबा रोहीलाई पराजित गरेकी थिइन्।

इन्टरनेशनल सोतोकान कराते युनाइटेड (आइएसकेयू) र इन्स्टिच्युट अफ सोतोकान कराते युनाइटेड (आइएसकेयू) को संयुक्त आयोजनामा भएको च्याम्पियनसिपमा नेपाली खेलाडीहरूले तीन रजत तथा तीन कांस्य पदक जिते।

पुरुष क्याडेटतर्फ मनिष कार्की, महिला ९ वर्ष मुनिको स्पर्धामा स्वेता तामाङ र १३ वर्षमुनिको समूहमा सिर्जना महताराले रजत पदक जितेका थिए।

यसैगरी पुरुष ९ वर्ष मुनिको स्पर्धामा मुकेश खड्का, १० वर्ष मुनितर्फ ओन्तो घर्ती मगर र १३ वर्ष मुनिको स्पर्धामा अमृत थोकरले कांस्य पदक जितेका थिए।

हिजो सुरु भएको प्रतियोगिता आइतबारसम्म चल्नेछ।

प्रतिक्रिया दिनुहोस्