एशियन सुटिङ च्याम्पियनसिपमा दुई नेपाली खेलाडीले प्रतिस्पर्धा गर्ने

काठमाडौं। चौधौं एशियाली सुटिङ च्याम्पियनसिपमा सहभागी हुन २ खेलाडीसहित ३ सदस्यीय नेपाली टोली भोलि, १७ कात्तिकमा कतारको दोहा प्रस्थान गर्दैछ।

३ देखि १४ नोभेम्बरसम्म हुने प्रतियोगितामा दुई महिला खेलाडीले १० मिटर एयर राइफलमा प्रतिस्पर्धा गर्ने छन्।

खेलाडीमा सुस्मिता नेपाल र कल्पना परियार छन्। दुवै नेपालमा हुने १३ औं दक्षिण एशियाली खेलकुद (साग) का लागि छनोट भएका खेलाडी हुन्।

प्रतियोगिता टोकियो ओलम्पिकका लागि खेलाडी छनोटका रूपमा समेत रहेको छ। प्रशिक्षक तथा व्यवस्थापकमा नेपाल सुटिङ संघका सचिव एवं सुटिङका पूर्वमुख्य प्रशिक्षक प्रदीप खाती छन्।

टोलीलाई सफलताको शुभकामना दिदै राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रमेशकुमार सिलवालले आज बिदाइ गरे।

प्रतिक्रिया दिनुहोस्