बिच भलिबलको साग तयारी श्रीलंकामा
काठमाडौं। नेपालमा हुने १३ औं दक्षिण एशियाली खेलकुद (साग) तयारीका लागि नेपाली राष्ट्रिय बिच भलिबल टोली भोलि, १७ कात्तिकमा श्रीलंका जाने भएको छ।

पुरुष टोलीमा सन्जु शाह, मानबहादुर श्रेष्ठ, राजु विक र दिलबहादुर सुनार रहेका छन् भने महिला टोलीमा विनिता बुढाथोकी, नेबिका चौधरी, कोपिला उप्रेती र मनीषा चौधरी छन्।

प्रशिक्षकमा सुदेश रिमाल र कौशिला खत्री तथा व्यवस्थापकमा जितेन्द्र श्रेष्ठ र श्रीराम बोगटी रहेका छन्।

प्रशिक्षण र अभ्यास खेलपछि टोली १३ नोभेम्बर नेपाल फर्कने छ। दुवै टोलीले ५/५ अभ्यास खेल खेल्ने नेपाल भलिबल संघका महासचिव जितेन्द्रबहादुर चन्दले जनाएका छन्।

टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रमेशकुमार सिलवालले आज बिदाइ गरे ।

प्रतिक्रिया दिनुहोस्