दीपकले आजकै दिन ४४औं वसन्त पार गरेका छन्। उनले तेक्वान्दो खेल्न थालेकै पनि साढे दुई दशक भइसकेको छ। खेलाडी जीवनबाट संन्यास लिएका दीपक अहिले प्रशिक्षकका रुपमा सक्रिय छन्।
बाल्यकालमा दीपक तेक्वान्दोका खेलाडी होइनन्। उनी भलिबल खेल्थे। त्यो जमनामा गाँउमा बल हुँदैनथ्यो। दीपक मोजाको बल बनाएर खेल्थे।
“आज आएर हेर्दा यति राम्रो क्षेत्र छनोट गरेर राम्रो बाटोमा लागिएछ भन्ने लाग्छ,” बानेश्वरस्थित आफ्नै पसलमा दीपकले पुराना दिन सम्झदै भने, “मैले दुःख गरे अनुसारको फल पाएको छु। कतिपयले दुःख गर्दा गर्दै पनि फल पाएका हुँदैनन्। त्यस्तो अवस्थामा निराश भइन्छ। तर मैले दुःख अनुसारको फल पाएँ। देशका लागि खेल्न पाएँ। त्यसैले म धेरै खुशी छु।”
दीपक कञ्चनपुरको रैकवार बिचु्वामा किसान परिवारमा जन्मिएका हुन्। उनी सानो हुँदा घरमा खेल्ने वातावरण थिएन। प्रसस्त जग्गा जमिन भएका कारण खेती किसानी गर्ने र पढ्नेबाहेक दीपकको दिनचर्या अरू हुँदैन थियो। बुबा शिक्षक भएका कारण दीपकलाई पढाईको दबाब पनि धेरै थियो। तर उनी पढ्नभन्दा खेल्न पाए खुशी हुन्थे।
“मेरो परिवारमा कोही पनि खेलमा लागेका छैनन्। म एक्लो हो। खेती किसानी र पढ्ने मात्र हुन्थ्यो। खेल्नु त धेरै पछाडिको कुरा हो। परिवारबाट खेलकुद बन्देज जस्तै थियो,” दीपकले बाल्यकाल सम्झिए, “मलाई चाहिँ खेल्न एकदम रमाइलो लाग्ने। खेल्न भनेपछि खान पनि छोड्दिन्थे।”
बाल्यकालमा दीपक तेक्वान्दोका खेलाडी होइनन्। उनी भलिबल खेल्थे। त्यो जमनामा गाँउमा बल हुँदैनथ्यो। दीपक मोजाको बल बनाएर खेल्थे। मोजाको बल खेल्दा खेल्दै दीपक भलिबलको राम्रा खेलाडी बने। एसएलसी दिएपछि उनी उच्च शिक्षाका लागि महेन्द्रनगर आए।
भलिबल खेलेर जित्दै गएको भए दीपक अहिले त्यतै हुन्थे होला। भलिबलमा हारेको त्यही खेल दीपकको जीवनमा ‘टर्निङ पोइन्ट’ बन्यो। तेक्वान्दोमा खेल्न सुरू गरेको केही महिनामै उनले क्षेत्रीय तथा राष्ट्रिय प्रतियोगितामा भाग लिने मौका पाए।
आइएससीमा भर्ना भए। तर उनको पढ्ने भन्दा खेल्ने काम धेरै भयो। बुबाले इन्जियनर बनाउनका लागि आइएससीमा भर्ना गरिदिएका थिए। तर पास मात्र भए। इन्जिनियर पढ्ने बाटो बन्द भयो। स्नातकको पढाई उनले व्यवस्थापनतिर मोडे। त्यसपछि महेन्द्रनगरबाट उनी धनगढी आए।
भलिबलमा उनीहरूको राम्रो टीम बन्यो। नेपाली राष्ट्रिय टोलीका पूर्व स्टारहरू जितेन्द्र चन्द र जगदिश भट्टलगायत उनका भलिबल सहकर्मी थिए। क्षेत्रीय प्रतियोगितामा उनको टीम हार्यो। त्यसपछि उनलाई टीम गेमबाट मोह भंग भयो। त्यही हारपछि उनले एकल स्पर्धाको खेलमा लाग्ने निधो गरे। साथीभाईको सल्लाह पनि त्यही थियो। २०५१ मा उनी धनगढी तेक्वान्दो डोजोमा भर्ना भए।
“म १९ वर्षको उमेरमा तेक्वान्दो सिक्न गएँ। सबै सानासाना बच्चाहरू हुन्थे। उनीहरू भन्दा म धेरै ठूलो थिएँ। सबैलाई बो (सम्मानपूर्वक अभिवादन) गर्नु पर्ने, साह्रै लाज लाग्ने। किन यहाँ खेल्न आएको होला भन्ने लाग्थ्यो,” सागमा चार तथा एशियन गेम्समा दुई काश्य पदक जितेका दीपकले भने, “सुरूमा करातेको ड्रेस लगाएर गएछु। गुरूको झापड खाएँ। मलाई थाहै थिएन, त्यही कपडालाई फेरि सिलाएर तेक्वान्दो ड्रेस बनाएँ। त्यही ड्रेस काठमाडौंमा अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्दासम्म पनि लगाई रहेको थिए।”
भलिबल खेलेर जित्दै गएको भए दीपक अहिले त्यतै हुन्थे होला। भलिबलमा हारेको त्यही खेल दीपकको जीवनमा ‘टर्निङ पोइन्ट’ बन्यो। तेक्वान्दोमा खेल्न सुरू गरेको केही महिनामै उनले क्षेत्रीय तथा राष्ट्रिय प्रतियोगितामा भाग लिने मौका पाए। उनले जित्दै गए।
“त्यसरी जित्नु मेरो सोचभन्दा बाहिरको कुरा थियो। गुरूहरूले पनि सोच्नु भएको थिएन,” दीपकले भने, “सबैलाई जित्दै गएपछि तेक्वान्दो खेल्न सक्छु भन्ने भयो। गुरू र साथीहरूले पनि प्रोत्साहन गरे। दिमाग लगाएर खेल्छौं भन्नुहुन्थ्यो। आइएससी पढेकाले पनि म खेल्दा दिमाग लगाएर खेल्थे। मुढे बलमा खेल्दिनथें।”
१९९८मा बैंककमा सम्पन्न एशियाली खेलकुदमा उनी पदक नजिक पुगेर पराजित भएका थिए। त्यसपछि उनको आलोचना सुरू भएको थियो।
उनको पहिलो अधिकारिक प्रतियोगिता सन् १९९७ मा हङकङमा सम्पन्न बर्ल्ड च्याम्पियनसिप प्रतियोगिता थियो। नेपालबाट सहभागी हुने सबभन्दा जुनियर खेलाडी थिए, उनी। नेपालमा काठको भुइँमा अभ्यास गरेका दीपकले हङकङमा म्याटमा खेल्नु पर्यो। दीपकले पहिलो पटक त्यति ठूलो प्रतियोगिता खेलेका थिए। उनी ‘होपलेस’ भए। मलेसियाविरुद्धको पहिलो खेलमै उनी पराजित भए।
“पहिलो पटक विदेश गएको थिएँ। नेपालमा पनि प्लेन चढेको थिइँन। पहिलो पटक प्लेन चढेको थिएँ। त्यहाँ पुग्दा कहाँ–कहाँ पुगेजस्तो लाग्यो। जंगलको मान्छे एकै पटक शहर पुगेजस्तो भयो,” दीपकले पहिलो अन्तर्राष्ट्रिय खेल सम्झिए, “त्यहाँको हाईफाई वातावरणमा खेल्दा एकदम नर्भस भए। नयाँ ठाउँ भएका कारण म पूरै होपलेस भएको थिएँ।”
हुन त उनले त्यसअघि पनि अन्तर्राष्ट्रिय प्रतियागिता नखेलेका होइनन्। तर त्यो आधिकारिक थिएन। उनले नेपालमै सेती अन्तर्राष्ट्रिय ओपन तेक्वान्दो च्याम्पियनसिपमा स्वर्ण पदक जितेका थिए। दक्षिण एशियाका धेरै खेलाडी सहभागी भए पनि आमन्त्रित प्रतियोगिता भएका कारण त्यतिबेला उनले जितेको स्वर्णले महत्व पाएन। तर यही प्रतियोगिता र वर्ल्ड च्याम्पियनसिप तथा १३औं एशियाली खेलकुदमा हासिल गरेको अनुभवले दीपकलाई आठौं दक्षिण एशियाली खेलकुद प्रतियोगितामा धेरै सजियो भयो।

“प्रशिक्षणमा सधै राम्रो गर्ने, तर बहिर प्रतियोगितामा कहिल्यै नजित्ने भएका कारण आलोचना हुन थालेको थियो,” आठौं दक्षिण एशियाली खेलकुद प्रतियोगिता सम्झदै दीपकले भने, “नेपालमा भएका कारण जित्नै पर्ने दवाव थियो। स्वर्ण पदक जितेँ। त्यो मेरो जीवनको सबभन्दा महत्वपूर्ण पदक थियो। जितेपछि रातारात करोडपति भएजस्तो लाग्यो। मेरो इज्जत करोडमा पुग्यो। त्यसअघि कसैले चिन्दैनथे। ५, ६ सयको सानो कुचुक्क परेको कोठा लिएर बसेको थिए। त्यसपछि टोल वरिपरीकाले मात्र होइन देशभरकाले चिन्न थाले। मन्त्री, राजाहरुले चिन्ने भएँ।”
बंगलादेशले सबैभन्दा धेरै आशा गरेको खेलाडीलाई उनीहरूकै देशमा हराउँदै दीपकले ११ औं सागमा स्वर्ण पदक पक्का गरे।
त्यही स्वर्ण पदकले खेलकुदमा दीपकको लत बसायो। उनलाई खेलेर ‘यति धेरै इज्जत पाइन्छ भने अझै किन नखेल्ने’ भन्ने भयो। राखेपमा जागीर पाए। घरमा पौसा पठाउन सक्ने भए।
उनले पाकिस्तानमा सम्पन्न नवौं सागमा पनि स्वर्ण पदक जिते। तर त्यो बेला उनको खुट्टा भाँचिएको थियो सेमिफाइनलमा भुनाटविरुद्ध खेल्दा उनको दायाँ खुट्टामा चोट लागेको थियो।
“घुँडाको लिगामेन्ट चुडिएको थियो। टेक्नै गाह्रो भयो। पाकिस्तानी खेलाडी आर्मीका थिए। खेल आर्मीकै खेल परिसरमा भएको थियो। पाकिस्तानका समर्थकले भरिएको थियो। त्यस्तो बेला जित्दा खुशीको सिमा नै रहेन,” दीपकले भने, “आठौंमा जितेपछि जुन चर्चा पाएको थिएँ। त्यसकारण पनि जित्नु पर्छ भन्ने थियो। कहाँबाट जोश आयो आयो। मिराकल भएजस्तो भयो।”
२००६ मा श्रीलंकामा सम्पन्न दशौं सागमा उनीसँगै करातेका दीपक श्रेष्ठ र तेक्वान्दोका संगिना बैद्य स्वर्ण पदकमा ‘ह्याट्रिक’ गर्ने लक्ष्यमा थिए। “संगिना मेरै अगाडि हारिन्। दीपक भोलीपल्ट हार्यो। मलाई झन् दवाव बढ्यो। रात भर निन्द्रा नै लागेन। तर म जित्न सफल भएँ,” दीपकले भने।
ढाकामा सम्पन्न ११औं सागमा पनि दीपकले स्वर्ण जिते। त्यतिबेला उनको उमेर ढल्किसकेको थियो। चोटका कारण पूरा फिट थिएनन्। सबैले आलोचना गरिरहेका थिए। तर उनले प्रशिक्षकसँग झगडा गरेरै भए पनि भाग लिए।
बंगलादेशले सबैभन्दा धेरै आशा गरेको खेलाडीलाई उनीहरूकै देशमा हराउँदै दीपकले चौथो स्वर्ण पदक पक्का गरे। दक्षिण एशियाली खेलकुदका चार संस्करणमा लगातार स्वर्ण पदक जित्ने कीर्तिमान बनाए।
नेपाली खेलकुदमा नामलाई सार्थक बनाउने क्रममा प्रकाश छर्न सफल दीपकले दक्षिण एशियाली प्रतिस्पर्धीबीच अपराजित भएरै सन्यास लिए। प्रशिक्षकको भूमिकामा अरु थुप्रै दीपकहरु उत्पादनको जिम्मेवारीमा रहेका उनी भन्छन्, “४५औं जन्मदिनले मलाई त्यसमा थप प्रेरणा मिल्नेछ।”